नागरिक चेतनाबाटै लोकतन्त्रको रक्षा

नागरिक बुझाइको स्तर उच्च रहेमा सर्वांगीण रूपमा समाज र देशको विकास भएको हुन्छ । उनीहरूले योग्य र सक्षम नेतृत्व चयन गर्छन् र त्यस्तो नेतृत्वले देशको कायापलट गरिदिन्छ । त्यसैले भन्ने गरिन्छ, राष्ट्रले कुशल नेतृत्व या राजनेता नपाउनुमा मुख्य दोष जनताकै देखिन्छ । नेपाली जनमा आलोचनात्मक चेत छैन, चेतनाको स्तरपनि सन्तोषजनक छैन । नागरिक चेतनशील, शिक्षित र जागृतहुँदा लोकतन्त्र बलियो मात्र हुने होइन कि यथार्थमा फस्टाउँछ पनि । हाम्रो मुलुकमा लोकतन्त्रलाई जीवन्तता दिनु आवश्यक देखिन्छ । नागरिकको चेतना र सोचाइको स्तरभन्दा उच्च विचारका राजनेता देशमा जन्मदैनन्, नागरिकको हैसियतअनुसार नेताको उत्पादन हुन्छ। योग्य र असक्षम जेसुकै किन नहुन् तिनै नेताद्वारा मुलुक हाँकिन्छ । यो कुरा नागरिकले राम्रोसँग बुझ्नुपर्छ ।

आफ्नो मुलुक कसरी चलिरहेको छ ? मुलुक हाक्नेलाई कसले निर्देश गरेको छ ? त्यसमा नागरिकको अधिकार र भूमिका के हुने? आदि विषयमा राज्यका हरेक नागरिक सुसूचित हुन जरूरी छ । हाम्रो मुलुक शक्तिराष्ट्रको भूराजनीतिक, व्यापारिक, सामरिक, सांस्कृतिक आदि रणनीतिक स्वार्थको घेराबन्दीमा परेको छ र राज्य व्यवस्था, शासकीय प्रबन्ध, सुरक्षा, न्यायजस्ता संवेदनशील विषयमा तिनै राष्ट्रबाट आक्रमण भइरहेको छ भन्ने आवाज देशका शिक्षित एवं सचेत वर्गबाट निरन्तर रूपमा उठान भइरहेका छन् । यस्ता प्रस्फुटित आवाजले हाम्रो मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता, अखण्डता जस्ता अस्मिता धरापमा परेको प्रस्टरूपमा संकेत गरेको छ । यस्तो हुनुको मुख्य कारण परनिर्भरतामा रमाउने हाम्रो बानी र नेतृत्वको लघुताभास सोच हो । त्यति मात्रै होइन, केवल नेतृत्वको स्वार्थसिद्धिका लागि शक्तिराष्ट्रसामु लम्पसार या आत्मसमर्पण गर्ने प्रवृत्ति हो । यस्ता खराब प्रवृत्ति र व्यवहार’bout हरेक देशभक्त एवं देशप्रेमी नागरिकले थाहा पाउनुपर्छ । थाह मात्रै होइन, त्यसको हरतरहले हरहमेसा प्रतिकार गर्नुपर्छ ।

राज्यका नागरिकले मैले राज्यका निम्ति निर्वाह गर्नुपर्ने दायित्व के हो र मेरो अधिकार के हो भन्ने’bout राम्रोसँग जानकारी राख्नुपर्छ । त्यसो भयो भने राज्य सरकारका क्रियाकलापप्रति खबरदारी गर्ने, दबाब दिने र निगरानी राख्ने काम नागरिक तहबाट हुन्छ । नागरिकलाई मानव अधिकार, धनजनको सुरक्षा, हिडडुल गर्ने अनि व्यवसाय गर्ने स्वतन्त्रता, सेवासुविधा एवं मौलिक हक (निःशुल्क शिक्षा एवं स्वास्थोपचार, रोजगारी आदि) प्राप्ति गर्ने नैसर्गिक अधिकार राज्यको संविधान र कानुनद्वारा प्रत्याभूत गरिएको हुन्छ । त्यसैगरी, नागरिकले राष्ट्रिय अस्मिताको संरक्षण गर्नु, विकास निर्माणमा सरकारलाई मद्दत गर्नु, प्राकृतिक स्रोतसम्पदाको संरक्षण गर्नु, संविधानको पालना गर्नु आदि दायित्वको पालना गर्नुपर्छ । यी दुवै पक्षको चेतना नागरिक तहमा हुनुपर्छ । जसले हरेक नागरिकमा राष्ट्रप्रति अपनत्व महसुस गराई राष्ट्रिय स्वाभिमान तथा देशभक्ति एवं देशप्रेमको भावना जगाउँछ ।

मुलुकमा अवलम्बन गरिएको राज्य प्रणाली, राज्य संयन्त्र, अर्थ प्रणाली आदि’bout हरेक नागरिकलाई अवगत हुनुपर्छ । जसले नागरिकलाई सुसूचित हुने अधिकारप्राप्ति भएको गर्व गराउँछ । त्यसैगरी, नागरिकलाई आचारसंहिता पालना गर्न या गराउन, नियम र अनुशासनमा रहन सिकाउँछ । भोकमरी, अशिक्षा र पछ्यौटेपनले ग्रसित समाज पिछडिएको समाज हो । यस्तो समाजमा हत्याहिंसा, बलात्कार, चोरीडकैती, लुटपाट, तस्करी, भ्रष्टाचारजस्ता भयभित र दर्दनाक घटना निरन्तर घटीनैरहन्छन् । त्यस्तै, समाजमा अन्याय, शोषण, उत्पीडनजस्ता खराब तत्वले प्रभुत्व जमाएका हुन्छन् । यस्तो समाज असभ्य, कुसंस्कृत, आपराधिक र अन्यायपूर्ण समाजका रूपमा कहलिन्छ । यसको मतलब राज्य संयन्त्र सिस्टम र मर्यादाअनुरूप नचलेको इंगित गर्छ र सरकार नागरिकप्रति संवेदनशील र उत्तरदायी नभएको प्रमाणित गर्दछ ।

नागरिकमा चेतनाको स्तर कम हुनुको अर्थ मुलुकको राष्ट्रिय राजनीति विकृत हुनु हो । त्यसैगरी मुलुकमा सञ्चालित राज्य व्यवस्था संकटमा पर्नु हो । राष्ट्रिय राजनीतिमा धब्बा लाग्दा र राज्य व्यवस्था संकटमा पर्दा मुलुक अस्थिरता र अराजकताको चक्रव्यूहमा फस्छ । मुलुकको राजनीति कुन दिशातिर जाँदैछ र कुन गतिमा दौडिँदै छ भन्ने कुराको सामान्य ज्ञान र चेतना नागरिकमा भएन भने राज्य सरकारले नानाभाँतीका झूठा आश्वासन जनतामा बाँड्छ र जनतालाई दिग्भ्रमितमा पारी स्वेच्छाचारी रूपमा शासन गर्छ । अन्तत्र्गत्वा त्यसले राष्ट्र र जनतामा ल्याउने अन्तिम परिणति भनेको वितृष्णा, निराशा र आक्रोस नै हो । यो स्तरको चेतना हाम्रो मुलुकका नागरिकमा छैन ।

नागरिकमा चेतनाको स्तर कम हुनुको अर्थ मुलुकको राष्ट्रिय राजनीति विकृत हुनु हो । त्यसैगरी मुलुकमा सञ्चालित राज्य व्यवस्था संकटमा पर्नु हो । राष्ट्रिय राजनीतिमा धब्बा लाग्दा र राज्य व्यवस्था संकटमा पर्दा मुलुक अस्थिरता र अराजकताको चक्रव्यूहमा फस्छ

मुलुकभित्रका विद्वानहरू भन्छन्, ‘राष्ट्र शृंखलाबद्ध रूपमा असफलतातिर लम्किँदै छ । राज्य हाक्नेहरूका गलत व्यवहारले राष्ट्रिय संकट एवं विकृति देखापरेका छन् । राज्यद्वारा अवलम्बित राजनीतिक प्रणाली विकसित नहुँदा अप्राकृतिक रूपमा सत्ता निर्माण भइरहेछन् । मुलुकले अपनाएको अर्थ प्रणाली प्रभावकारी नदेखिँदा आर्थिक विषमता देखापरेको छ । वैदेशिक नीति स्पष्ट नहुँदा वैदेशिक घुसपैठ र हस्तक्षेप बढेको छ ।’ यस्ता दर्दनाक स्थिति हुँदाहँदै पनि हाम्रा नागरिकको अझैसम्म चेत खुलेको छैन । यिनै भयावह स्थिति’bout हेक्का नहुनु भनेकै हाम्रा नागरिकको चेतनाको स्तर कमजोर रहेको पुष्टि हुनु हो ।

राजनीतिमा विकृति आउनाले देशमा यावत किसिमका जटिलता देखापर्छन्। पहिलो, राजनीतिक दल गुट उपगुटमा विभाजित भई अस्थिर एवं विग्रहको राजनीति चल्छ । दोस्रो, अन्तर्राष्ट्रिय सम्बन्धमा टकराब आई पक्षराष्ट्रबीच कुटनीतिक सम्बन्ध कमजोर हुन्छ । तेस्रो, शक्तिकेन्द्रको दबाब र प्रभावका कारण वैदेशिक हस्तक्षेप एवं घुसपैठमा वृद्धि हुन्छ । चौथो, दण्डहीनता मौलाउँदै गई सामाजिक न्याय मर्दै गएको हुन्छ । पाँचौं, विकासले तीव्रगति लिन सक्दैन । यसको समाधानको एउटै विकल्प नेतालाई नागरिकको आक्रोश र पीडाप्रति संवेदनशील रही उनीहरूको हित र विकासमा उत्तरदायी बनाउन तथा इमानदारपूर्ण राजनीति गर्न हुटहुटी जगाउनु हो ।

नागरिकमा राजनीति र राजनीतिक नेतृत्व’boutको बुझाइ निकै कमजोर स्थितिमा छ । नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंह भन्छन्,’नेपालका जनता र राजनीतिक दल विधि र नीति निर्माणमा त्यति चासो र रुचि देखाउँदैनन् । हाम्रो लोकतान्त्रिक या संसदीय प्रजातन्त्रको अभ्यास र जनताको अपेक्षा त्यति विकसित भइसकेको छैन । मलाई शासन गर्ने विधि निर्माण गर्ने कस्तोखालको प्रतिनिधि छनोट गर्दै छु भन्ने चेतना नागरिकमा छैन ।’ नेता सिंहले भने बमोजिम राजनीतिक चेतनाको कमी यसको मूल कारण हो । लोकतन्त्रमा जनताको सचेतना निकै महत्वपूर्ण हुन्छ । भोट नदिई कुनै व्यक्ति नेता हुँदैन । मतदाता नभै निर्वाचन हुँदैन । त्यसैले प्रतिनिधि चयन गर्दा मतदाता सचेत हुनैपर्छ । लोकतान्त्रिक प्रक्रिया अवलम्बन गरेर राजनीतिक नेतृत्वलाई मुलुक र जनताप्रति जवाफदेही बनाउनुपर्छ । राजनीतिक नेतृत्वलाई जवाफदेही बनाउने जिम्मा नागरिककै हो । तसर्थ जवाफदेहिताको खोजी हरेक नागरिकले गर्नुपर्छ ।

नागरिक टाठाबाठा भए भने राजनेता आफ्नो भूमिका, दायित्व र जिम्मेवारीप्रति सजग हुन्छन् । नेपालीमा एउटा लोकोक्ति छ, ‘यथा प्रजा तथा राजा ।’ यसको अर्थ हुन्छ, जनता जस्ता हुन्छन्, शासक पनि त्यस्तै हुन्छन् । विश्वप्रसिद्ध लेखक एवं कुशल राजनीतिज्ञ जर्ज बर्नाड शाले पनि लोकतन्त्र भनेको यस्तो पद्धति हो, जहाँ जनताको जुन हैसियत छ, त्योभन्दा राम्रा नेता हुँदैनन् भनेर नागरिकस्तरको चित्रण गरेका छन् । लोकतन्त्रमा नागरिक सर्वोच्चताको महत्वपूर्ण स्थान रहन्छ । जनता शासक हुन्छन् र सर्वोच्च शक्ति जनतामा नै निहीत हुन्छ । लोकतन्त्रको रक्षा गर्ने मुख्य दायित्व नागरिकको नै हो । नागरिक सचेत भए भने मात्रै लोकतन्त्रको रक्षा र विकास हुन्छ । त्यसका लागि नागरिकमा चेतनाको स्तर उच्च हुनुपर्छ ।

राजनीतिक स्तरको विषयमा प्रा. कृष्ण खनाल भन्छन्, ‘नेपालको राजनीतिकस्तर असाध्यै कमजोर छ । राजनीति अयोग्य व्यक्तिको धन्दा भयो। योग्य व्यक्ति र मूल्यको कुरा टिक्दैन । राजनीति सिद्धान्तहीन व्यवहार भयो । राजनीतिको मुख्य कोर्षले राज्यका हरेक निकायमा प्रभाव पार्छ । राजनीति झुटको खेती भयो, कमाउधन्दा भयो । मुलुकको एजेन्डा’bout बहस भएन । आफूले भनेको मान्छेले नियुक्ति, ठेक्का र राज्यका अन्य सुविधा पायो या पाएन भन्नेमा नै नेताको ध्यान केन्द्रित भयो । अयोग्यको खेलले हामी भिक्टिम भयौं ।’ उनको यस भनाइको तात्पर्यले राजनीति विकृत भयो । राजनीतिमा नेताको सन्की र वैयक्तिक स्वार्थले स्थान पाए भन्ने कुरा इंगित गर्छ ।

राजनीति भनेको अनन्य सम्भावनाको खेल पनि हो । हरेक देशले राजनीतिक नेतृत्व औकातअनुसारको पाउँछ अर्थात् वास्तवमा देशले औकात र समाजअनुसारको नेता पाउँछ । नेपाल अझै पनि आमूल परिवर्तनका लागि तयार भइसकेको छैन। संघर्षको बाटो लामो छ । नागरिक विवेकी र सचेत नभएसम्म र उनीहरूमा दायित्व बोध नभएसम्म देश विकास हुन सक्दैन । जसका लागि हाम्रो मनोविज्ञानमा व्यापक परिवर्तन ल्याउनुपर्छ । वास्तवमा हाम्रो समाज जस्तो छ नेता पनि त्यस्तै छन् । हाम्रा नागरिक जस्ता छन् सरकार पनि त्यस्तै छ । हामीले यस्तो विकृतिव्याप्त र संकटग्रस्त देश र दुर्दशायुक्त दिन देख्नकै लागि राजनीतिक परिवर्तन ल्याएको कदापि होइन ।

सरकारले पनि नागरिकको सदासयता र सहिष्णुतालाई कमजोरी ठान्नुहँदैन। सरकार जनताप्रति निकै संवेदनशील हुनुपर्छ । नागरिकको आग्रह जनमुखी र विकासमुखी शासन प्रशासनसहितको सेवा हो । यस्तो आग्रहलाई बेवास्ता गरियो भने त्यसले विद्रोहको रूप लिन सक्छ

सरकारले पनि नागरिकको सदासयता र सहिष्णुतालाई कमजोरी ठान्नुहँदैन। सरकार जनताप्रति निकै संवेदनशील हुनुपर्छ । जनतामा चेतना आयो भने राजनीतिक दललाई सुध्रिन वा बदलिन दबाब दिन्छन् । जनताले राजनीतिक स्थायित्व र विकास चाहन्छन् । नागरिकको आग्रह जनमुखी र विकासमुखी शासन प्रशासनसहितको सेवा हो। यस्तो आग्रहलाई बेवास्ता गरियो भने त्यसले विद्रोहको रूप लिनसक्छ र विद्रोहमा परिणत भयो भने परिणाम सुखी हुँदैन । देशको वर्तमान परिस्थितिले दबाब मात्र होइन, नागरिकलाई सामाजिक परिवर्तनका लागि आन्दोलनमै उत्रिनुपर्ने गरी बाध्य तुल्याएको छ । त्यसैले होला नागरिकको तहमा (बौद्धिक वृत्त, नागरिक समाज र मिडियाको क्षेत्रमा) सामाजिक परिवर्तन ल्याउने खालको आन्दोलन गर्न उत्प्रेरणा जगाएको छ ।

राजनीतिक प्रणाली सञ्चालन गर्न योग्य र सक्षम नेतृत्व चयन गर्ने अधिकार नागरिकको हो । नागरिकले झूठो आश्वासनको पुलिन्दा बोकेर आई भोट माग्ने नेतालाई मत दिन्छन् । मलाई विधायकमा चयन गरेमा पार्टीको घोषणापत्रअनुरूप काम गर्छु अनि संसद्मा गएर विधि र नीति निर्माण गर्छु भन्ने नेतालाई मत दिँदैनन् । विकासका योजना पार्ने, वस्तुगत सहयोग गर्ने र आर्थिक प्रलोभनमा पार्ने नेतालाई मात्रै भोट दिन्छन् । ५ वर्षमा एकपटक भोट हालेर मात्रै नागरिकको जिम्मेवारी पूरा हुँदैन । आफूले चुनेको नेतालाई राष्ट्र र राष्ट्रबासीको हित र विकासमा जिम्मेवार बनाउनुपर्छ । जसका लागि राजनेतालाई बारम्बार घच्घचाइरहनुपर्छ। नेतृत्वको काम र उत्तरदायित्वको लेखाजोखा नागरिकले नै गर्ने हो ।

लोकतन्त्र जीवन हो, जीवन पद्धति हो । जर्ज अरवेल अभिव्यक्ति स्वतन्त्रताको विषयमा यसो भन्छन्, ‘मेरो अभिव्यक्ति स्वतन्त्रताको अधिकार भनेको तिमीले जे सुन्न चाहन्नौ त्यो भन्न पाउनु हो ।’ हो, लोकतन्त्रमा अरवेलले भनेसरह नै अधिकारको प्राप्ति हुन्छ । लोकतन्त्र नागरिकले संघर्ष गरेरै पाएका हुन्छन् । यो राजनीतिक परिवर्तनबाटै प्राप्ति हुन्छ । यसलाई संस्थागत गर्न सकिएन भने यो कमजोर हुन्छ । यसलाई बलियो बनाउने नागरिकले नै हो र रक्षा गर्नेपनि नागरिकले नै हो । शासकले त कमजोर बनाई आफ्नो सत्ता टिकाउने षड्यन्त्र रचेको हुन्छ । हाम्रो मुलुकमा लोकतन्त्र खतरामा पर्छ भने त्यो कसैबाट होइन, शासकवर्गबाटै खतरामा पर्छ । त्यसैले, लोकतन्त्र जोगाउन नागरिक हरेक विषयमा सतर्क हुनुपर्छ र सत्ताधारीका गतिविधिलाई निरन्तर खबरदारी र निगरानी गरिरहनुपर्छ ।

राज्य संयन्त्रप्रति निरन्तररूपमा खबरदारी, दबाब र निगरानी नागरिक तहबाट भयो भने सरकारको नेतृत्व गर्नेले गलत क्रियाकलाप गर्न सक्दैन । त्यसबाट नागरिकले पाउने भनेको स्वच्छ न्याय र सेवा नै हो । त्यो भनेको राज्यमा कानुनीराज रहेछ भन्ने बलियो प्रमाण हो । सरकारले नागरिकको चेतनाको स्तर मूल्यांकन गरेर व्यवहार गर्ने गर्छ । नागरिक अचेत र अज्ञानी छन् भने समाजमा भ्रम सिर्जना गराई कमजोरीपनको फाइदा उठाउँछ, किनकि राज्य आफंैमा दमनकारी संस्था हो । राजनीतिक नेतृत्व र नागरिकबीच निरन्तरको संवादले लोकतन्त्रलाई मजबुत बनाउँछ । त्यसैले राज्यसत्तालाई प्राज्ञिक वर्गसँग संवाद गर्न दबाब दिइरहनुपर्छ । राजनीतिक दल र नेतालाई लगाममा राख्नुपर्छ, स्वच्छन्द छाड्नु हुँदैन । उनीहरूलाई नैतिकवान बनाउनुपर्छ र नैतिक धरातलमा उभ्याउनैपर्छ । यसले समाज र लोकतन्त्र दुवै पक्षलाई बलियो बनाउँछ ।

तपाइको प्रतिक्रिया
(Visited 448 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘ओहो ! अहिले पनि पोल्छ’

कुरी-कुरी

Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
सबै जनता कार चढ्न सक्दैनन्, अटोलाई व्यवस्थित गर्छु : विजय सुवेदी