‘आचारसंहिता पालनामा राजधानी दैनिक अग्रपंक्तिमा ’


काठमाडौ । प्रेस काउन्सिल नेपालले ‘सञ्चारगृहमा प्रेस काउन्सिल’ कार्यक्रम अन्तर्गत बुधबार राजधानी राष्ट्रिय दैनिकको केन्द्रिय कार्यालयमा आएर अनुगमन गर्नुका साथै सञ्चार क्षेत्रले भोग्नुपरेका समस्या र समाधानका विषयमा छलफल सम्पन्न गरेको छ ।
मिडिया मोनिटरीङ योजना अन्तर्गत आएको काउन्सिलको सो टिमले राजधानी दैनिकको सम्पादन तथा व्यवस्थापकिय नेतृत्व सहितको समुहसँग छलफल गर्नुका साथै सुझाव समेत लिएको थियो । काउन्सिलको टीमले राजधानी दैनिक आचारसंहिता पालनामा अग्रपंक्तिमा रहेको भन्दै प्रसंसा गरेको थियो ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको नेतृत्वमा आएको सो टोलीले पत्रकार र सञ्चारमाध्यमले पालना गर्नुपर्ने आचारसंहिताका ’boutमा जानकारी गराएको थियो । काउन्सिलका अध्यक्ष बस्नेतले नेपाली पत्रकारिताको विकासमा राजधानी राष्ट्रिय दैनिक र यसका संस्थापक अध्यक्ष महेन्द्र शेरचनले खेल्नु भएको भुमिकाको प्रसंसा गरे । अध्यक्ष बस्नेतले हरेक सञ्चार माध्यम र सञ्चारकर्मीहरुले आचारसंहिताको पालना गर्न सकेमा मात्रै आमनगारिकमा पत्रकारिता प्रतिको विश्वास बढेर जाने बताए ।

बस्नेतले विशेष गरि पछिल्लो समयमा अनलाइनहरुले आचारसंहिता विपरितका कार्यहरु गरेकाले काउन्सिलले उनीहरु माथि कडाई गरेको स्पष्ट पारे । पछिल्ला दिनमा आचारसंहिता उल्लंङ्घन गर्ने माथि काउन्सिल केहि कठोर भइरहेको बताउदै उनले काउन्सिल सबै सञ्चारगृह र सञ्चारकर्मीहरु सँग हातेमालो गर्दै अघि बढ्न तयार रहेको स्पष्ट पारे । सबैले आचारसंहिता पालना गर्न सकेमा पत्रकारितामा देखिएका विकृतिहरु स्वतह कमी भएर जाने र पत्रकारिता प्रति आमविश्वास बढ्ने उनले बताए ।

कार्यक्रममा राजधानी राष्ट्रिय दैनिकका प्रमुख कार्यकारी अधिकृत आशिष शेरचनले सञ्चारगृहले इमान्दारीतापुर्वक काम गर्दा विभिन्न समस्याहरु भोग्नु परिरहेको बताउदै आचारसंहिता पालनामा आफुहरु प्रतिवद्ध रहेको स्पष्ट पारे । शेरचनले सञ्चारगृह र सञ्चारकर्मीहरु बीच सौहार्दपुर्ण वातावरण हुनुपर्ने र काउन्सिलले यस विषयमा नवीन योजना र कार्यक्रम ल्याउनु पर्ने आवश्यकता औल्याए । प्रमुख कार्यकारी अधिकृत शेरचनले सञ्चारगृह र सञ्चार उद्योग आफैमा संवेदनशील क्षेत्र भएकाले सबै पक्षले सञ्चारगृहलाई सकारात्मक रुपमा हेर्नुपर्ने बताए ।
राजधानी राष्ट्रिय दैनिकका सम्पादक सागर पण्डितले प्रेस काउन्सिलले अनुगमनका साथसाथै सञ्चारकर्मीको दक्षता र नेतृत्व विकास सम्वन्धि कार्यक्रमहरु पनि सञ्चालन गर्नुपर्ने आवश्यकता औल्याए । पण्डितले काउन्सिल सँग हातेमालो गर्दै अगाडि बढ्न आफुहरु तयार रहेको स्पष्ट पारे । राजधानीडेलीडटकमका सम्पादक धू्रव लम्सालले आचारसंहिता पालनामा आफुहरु प्रतिवद्ध रहेको बताए ।

कार्यक्रममा प्रेस काउन्सिलका बोर्ड सदस्य ठाकुर बेलवासेले आचारसंहिता पालनामा सबै सञ्चारगृह र सञ्चारकर्मी जिम्मेवार भएर लाग्नु पर्ने आवश्यकता औल्याए । काउन्सिलका मुख्य अधिकृत झविन्द भुसाल र अनुगमन शाखाका प्रमुख तथा सुुचना अधिकारी रामशरण बोहोराले सञ्चार गृहबाट भएको आचारसंहिता उल्लंङ्घनका घट्ना’bout जानकारी दिदै आचारसंहिता पालनामा सबै पक्ष जिम्मेवार भएर लाग्नु पर्ने आवश्यकता औल्याएका थिए । उनीहरुले आचारसंहिता पालनामा राजधानी दैनिक अग्रपंक्तिमा रहेको बताउदै आगामी दिनमा पनि यस्तै भुमिका रहने विश्वास गरे ।

सो कार्यक्रममा राजधानी दैनिक विभिन्न सहकर्मीहरुले प्रेस काउन्सिलले आगामी दिनमा खेल्नु पर्ने भुमिकाका ’boutमा सुझाव दिएका थिए ।
कार्यक्रममा काउन्सिलका अध्यक्ष बस्नेतले राजधानी दैनिकका सम्पादक पण्डितलाई आचारसंहिता पालना सम्वन्धिको सन्देश समेटिएको फ्लेबोर्ड र विभिन्न आचारसंहिता तथा काउन्सिलका विभिन्न अध्ययन सामाग्री हस्तान्तरण गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 328 times, 1 visits today)

epaper

ताजा समाचार

सुरक्षा तथा जोखिम व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न