भक्तपुरमा परम्परागत घर बनाउनेले पाए ७९ लाख अनुदान

भक्तपुर । भक्तपुर नगरभित्र परम्परागत शैलीमा घर निर्माण गर्ने नगरवासीले अनुदान पाएका छन् । भक्तपुर नगरपालिकाले परम्परागत घरको मोहडामा प्रयोग भएको काठ, ईटा र झिंगटीको अनुदान रकम वितरण गरेको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंको मंगलवार आयोजित एक कार्यक्रममा परम्परागत घर बनाउने २६ जनालाई ७९ लाख ८३ हजार ९२५ रुपैंया प्रदान गरे ।

भक्तपुर नगरभित्र पराम्परागत शैलीमा घर निर्माण गर्ने अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिँदै बिजुक्छेंले आधुनिक शैलीका घर निर्माणले देश परनिर्भरतातर्पm उन्मूख हुँदै गएको बताए ।

मोहडामा प्रयोग भएको काठ, ईटा र भिंगटीलाई नगरपालिकाले दियो अनुदान


पुराना घरको संरचनाहरुमा प्राविधिक र वैज्ञानिक आधार रहेको बताउदै उनले परम्परागत, स्थानीय सामग्री तथा सीपको प्रयोग गरी पुरानै शैली र संरचनामा घर निर्माण गर्नेलाई नगरपालिकाले प्रोत्साहित गर्नुपर्नेमा जोड दिए ।

मूर्त र अमूर्त सम्पदाहरुको संरक्षण हामी सबैको जिम्मेवारी हो भन्दै बिजुक्छेंले पुराना पुस्ताको अनुभव नयाँ पुस्तालाई पुस्तान्तरण गर्दै नगरको कला संस्कृति, सम्पदा संरक्षण लगायत समग्र विकासमा अगाडि बढ्न नगरबासी र नगरपालिकाले हातेमालो गर्नुपर्ने भनाई राखे ।

कार्यक्रमका सभापति एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको भौतिक पूर्वाधार तथा निर्माण मापदण्ड २०६०, तेस्रो संसोधन अनुसार भक्तपुर नगरको विश्व सम्पदा क्षेत्र तथा पुरानो नगर क्षेत्रमा परम्परागत शैलीमा घर तथा भवन निर्माण गर्न नगरबासीहरुको प्रोत्साहन स्वरुप घर तथा भवन निर्माण गर्ने क्रममा मोहडा तर्फ प्रयोग हुने काठ, ईटा र झिंगटी खरिदको लागि भक्तपुर नगरपालिकाले दिने अनुदान सम्बन्धी कार्यविधि २०७५ अनुसार आ.व. २०७५/७६ देखि मापदण्ड अनुरुप घर निर्माण गर्ने नगरबासीहरुलाई लागेको खर्चमा ३५ प्रतिशत अनुदान वितरण गर्दै आएको बताए ।

उनले विजुक्छेंद्वारा लिखित “१०० वर्ष पछिको भक्तपुर”मा उल्लेख भए अनुसार १०० वर्ष पछिको भक्तपुरको परिकल्पना अनुरुप भक्तपुर नगरपालिकाले पुराना शैलीका घर निर्माणमा अनुदान दिंदै नगर प्रवेश गर्ने ७ वटा पुलहरु निर्माण गरिरहेको जानकारी दिँदै युवाहरुलाई भाषा प्रशिक्षण लगायतका कार्यलाई जोड दिइरहेको बताए ।

कार्यक्रममा बागमती प्रदेशका सभासद सुरेन्द्रराज गोसाईले भक्तपुर नगरको सौन्दर्यकरणको लागि जनप्रतिनिधिहरु र जनताको एकता अपरिहार्य रहेको चर्चा गर्दै मौलिकताको पहिचान परम्परागतका साथसाथै वैज्ञानिकता पनि रहेको चर्चा गरे ।

उहाँले प्रजग कोरिया र जनवादी गणतन्त्र चीनमा रहेका सम्पदाहरुको चर्चा गर्नुहुँदै ती सहरहरुले सम्पदा संरक्षणमा गरिरहेको कार्य उदाहरणीय र अनुकरणीय रहेको बताए ।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले भूकम्प अघि र पछि क्षति भएका नगरभित्रका ११८ भन्दा बढी सम्पदाहरु पुनःनिर्माण र संरक्षण गरेको उल्लेख गर्दै भनपाले गरिरहेको नक्सापास सम्बन्धी व्यवस्था र भूकम्पबाट क्षति भएका निजी आवास पुनःनिर्माणसम्बन्धी प्रगति विवरण सम्बन्धी जानकारी दिए ।

कार्यक्रममा दरबार हेरचाह तथा स्मारक संरक्षण कार्यालयका कार्यालय प्रमुख अरुणा नकर्मीले विश्व सम्पदा क्षेत्रमा परेका सम्दा क्षेत्रमा भवनहरु पराम्परात हुनुपर्नेमा जोड दिँदै परम्परागत शैलीका घर निर्माणका फाइदाहरुको ’boutमा चर्चा गरे ।

तपाइको प्रतिक्रिया
(Visited 389 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

१० माघ २०८१

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यी हुन् मतपरिणाम घोषणा हुन बाँकी पालिका