थ्रिलक कथामा बन्यो षट्कोण

काठमाडौं । केही महिना अघि थ्रिलर फिल्म कठपुतलीले राम्रो व्यापार गरेपछि यस्तै चलचित्रको निर्माण बढेको छ । यसै क्रममा साइकोलोजिकल थ्रिलर कथामै अर्को चलचित्र ‘षट्कोण’ निर्माण भएको छ । यो चलचित्रको यतीबेला प्रदर्शन मिति पनि घोषणा गरिएको छ । चलचित्र षट्कोण आगामी बैशाख २३ गतेबाट देशव्यापी रिलिज गरिने यसको निर्माण पक्षले मँगलबार जनाएको छ ।

यो चलचित्रको फस्ट लुक्स (पोस्टर) सार्वजनिक गर्दै निर्माण पक्षले रिलिज मिति घोषणा गरेको हो । यो चलचित्रको सिनेमाका मुख्य अभिनेता कर्मालाई फस्ट लुक्समा प्रस्तुत गरिएको छ ।

यो चलचित्रमा कर्मासँगै भोलाराज सापकोटा, लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेमको अभिनय रहेको पनि निर्माण पक्षले जनाएको छ । शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको सिनेमाको संवाद महेश दवाडीले लेखेका हुन् ।

क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमा निर्देशक मिलन डि काप्रि हुन् । उनले यही सिनेमाबाट निर्देशनमा डेव्यु गर्दैछन् । कोरोना महामारी अगाडी नै निर्माण भएको सिनेमाको सम्पुर्ण काम सकेर रिलिज मिति घोषणा गरिएको निर्देशक काप्रिले बताए । सिनेमामा आङ्चेन लामाको छायांकन, सागर खनाल र निर्देशक मिलन डि काप्रिले सम्पादन छ । यो सिनेमालाई वितरणको जिम्मा आरआर फिल्मस्ले लिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 407 times, 1 visits today)

epaper

ताजा समाचार

बालिका करणी अभियोगमा बिपिन पक्राउ