काठमाडौं । स्वास्थ्यजस्तो निकै संवेदनशील विषय र चिकित्सक पेसाकै बद्नाम हुनेगरी एमबीबीएस परीक्षामा सेटिङ धन्दा मौलाउँदै आइरहेको पुष्टि भएको छ । एमबीबीएसको इन्ट्रास परीक्षामा नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिन लगाउने र त्यसरी परीक्षा दिने परीक्षार्थी मार्फत् ३० देखि ४० लाख रुपैयाँ असुली हुने गरेको पाइएको छ । यसमा बिचौलिया र माफियाकै संलग्नता रहने गरेको स्रोतको दाबी छ ।
– चार जना नक्कली परीक्षार्थी पक्राउ, अझै २ सय जनाको खोजी
– नक्कली परीक्षार्थीलाई दिइन्छ ३० लाख
– कार्डमा फोटो नक्कलीको र नाम सक्कलीकै राखिन्छ
– भारतबाट समेत ल्याइन्छन् नक्कली परीक्षार्थी
– चिकित्सा शिक्षा आयोग र आईओएममाथि आशंका
चिकित्सा शिक्षा आयोग र चिकित्सा अध्ययन संस्थान (आईओएम)ले लिने एमबीबीएस परीक्षाको इन्ट्रासमा करोडांैको सेटिङ हुने गरेको गुनासा आइरहेका थिए । सेटिङ धन्दा मौलाउँदै जाँदा आयोग र आईओएम दुवैमाथिसमेत आशंका सिर्जना भएको छ ।
ती निकायले लिने सो परीक्षा शुक्रबारदेखि नै सुरु भएको छ । एमबीबीएसको इन्ट्रास परीक्षामा लामो समयदेखि नै सेटिङको आधारमा करोडांैको चलखेल हुने गुनासा र उजुरी पर्ने गरेको थियो । शुक्रबारदेखि सुरु भएको एमबीबीएसको इन्ट्रान्स परीक्षामा सहभागी भएका चार जना नक्कली परीक्षार्थी र एक जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ । अपराध अनुसन्धान महाशाखाका प्रम्ुख एसएसपी वसन्त कुँवरले नक्कली परीक्षार्थी र बिचौलिया गरी पाँच जना पक्राउ गरिएको पुष्टि गरे । उनले अन्य नक्कली परीक्षार्थीको पनि व्यापक रूपमा खोजी गरिएको जानकारी दिए ।
प्रहरीले दोषी पत्ता लगाउनुपर्छ, मन्त्रालय पनि संवेदनशील छ
यादवप्रसाद कोइराला, सचिव, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
यसरी प्रहरीले चार जना नक्कली परीक्षार्थी र बिचौलियालाई पक्राउ गरेपछि सेटिङ धन्दा सञ्चालन हुने गरेको र करोडांैको असुली हुने गरेको पुष्टि भएको हो । हाल सञ्चालन भइरहेको एमबीबीएस परीक्षामा अझै २ सय जना नक्कली परीक्षार्थी सहभागी भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ । ती सबैको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
एमबीबीएस परीक्षामा नक्कली परीक्षार्थी प्रयोग गरी करोडौं रुपैयाँको चलखेल तथा सेटिङ हुने भएकाले छानबिन र कारबाहीको माग गर्दै केही दिनअघि मात्रै प्रहरीको अपराध अनुसन्धान महाशाखामा उजुरी परेको थियो । त्यसलगत्तै प्रहरीले एमबीवीएस परीक्षामा नक्कली परीक्षार्थी प्रयोग हुने’bout अनुसन्धान गर्दै आइरहेको थियो ।
बिहीबार मात्रै गृह मन्त्रालय र प्रहरीले पनि एमबीबीएसको इन्ट्रान्समा नक्कली परीक्षार्थी प्रयोग हुने अवस्था रहेकाले सो परीक्षा स्थगित गर्न चिकित्सा शिक्षा आयोग र शिक्षा मन्त्रालयलाई आग्रह गरेको थियो तर आयोगले भने परीक्षा नरोकिने जवाफ दिएको थियो ।
स्रोतका अनुसार सेटिङ धन्दा सञ्चालन गर्नेहरूले त्रिभुवन विश्वविद्यालयका टपर विद्यार्थी तथा यसअघि नै परीक्षा दिएका काविल विद्यार्थीलाई एमबीवीएसको इन्ट्रान्स परीक्षामा सहभागी गराउने गरेका छन् । यसैगरी भारतबाट समेत ट्यालेन्ट विद्यार्थीलाई पैसा दिएर ल्याउने गरिएको छ । सेटिङवाला तथा बिचौलियाले नेपालमा एमबीबीएसमा सहभागी हुने तर परीक्षामा उत्तीर्ण हुन कठिन हुने खालका विद्यार्थीका अभिभावकसँग प्रतिअभिभावक ३० देखि ४० लाखसम्म उठाउने गरेका छन् ।
खोजी कार्य व्यापक पारेका छौ
चार जना नक्कली परीक्षार्थी र एक जना बिचौलियासहित पाँच जना पक्राउ गरेका छौं, अन्य धेरै जना नक्कली परीक्षार्थी सहभागी भएको भन्ने जानकारी आएकाले उनीहरूको खोजी कार्य व्यापक पारेका छौं
वसन्त कुँवर, एसएसपी, अपराध अनुसन्धान महाशाखा
३० देखि ४० लाख रुपैयाँ लिएर उनीहरूको ठाउँमा नक्कली परीक्षार्थीमार्फत परीक्षा दिने र पास गराउने प्रतिबद्धता जनाउँदै सो गिरोहले रकम असुली गर्ने गरेको छ । यसका लागि वास्तविक विद्यार्थीको प्रवेशपत्रमा नाम वास्तविक विद्यार्थीकै हुने तर फोटो भने नक्कली परीक्षार्थीको राख्ने गरिन्छ । प्रवेशपत्र परीक्षण हँुदा फोटो मात्रै हेरिने भएकाले नक्कली फोटो राखेको परीक्षार्थी’bout थाहा नपाउने गरी सेटिङ धन्दा सञ्चालन हुने गरेको छ ।
प्रहरीले हाल सञ्चालन भइरहेको परीक्षा’boutसमेत गहन अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा यसपटकको परीक्षामा झन्डै २ सयसम्म नक्कली परीक्षार्थी सहभागी भएको प्रारम्भिक सूचना प्राप्त भएको प्रहरीले जनाएको छ ।
चार जना पक्राउ परेको भन्ने जानकारी आएको छ, यस विषयमा मन्त्रालय पनि गम्भीर छ, त्यति ठूलो परीक्षामा दुई चारवटा बद्मासी भयो भन्दैमा सिंगो संस्थालाई मुछ्न मिल्दैन । नक्कली परीक्षार्थी छन् भने प्रहरीले खोजी गरी कारबाहीको दायरामा ल्याउनुपर्छ यसमा हामी पनि संवेदनशील छौं र प्रहरीलाई पूर्णरूपमा सहयोग गर्छौं ।
अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी वसन्त कुँवरले नक्कली परीक्षार्थी र बिचौलिया गरी पाँच जना पक्राउ गरिएको पुष्टि गरे । उनले अन्य नक्कली परीक्षार्थीको पनि व्यापक रूपमा खोजी गरिएको जानकारी दिए ।