संयुक्त राष्ट्रसंघका अनुसार १० मध्ये नौ जना व्यक्तिले प्रदूषित हावामा सास फेर्ने भएकाले मृत्युको एक मुख्य कारण पनि वायु प्रदूषण बनेको छ । प्रदूषणले ग्रस्त वायुमा देख्न नमिल्ने ससाना कणहरू स्वास फेर्दा सिधै फोक्सोमा पुग्छन्् । । यसले क्यान्सर, निमोनिया, मुटु रोग साथै प्राण घातक रोग निम्त्याउने गर्दछ । विश्व स्वास्थ्य संगठनले गरेको अनुमानमा प्रत्येक वर्ष वायु प्रदूषणका कारण विश्वभर करिब ७० लाख व्यक्तिको मृत्यु हुनेगर्छ । वायुप्रदूषण हुने विभिन्न कारणहरू छन््् जसमा घरायसी काम, कृषिजन्य पदार्थ, कल कारखाना, तथा सवारी–साधनबाट निस्कने धुवाँ–धुलो र अन्य फोहोरहरू पर्दछन्् । खासगरी शरद् ऋतुसँगै बाली भित्र्याउने याम पनि सुरु हुन्छ । खेतबारीमा काटिएका बालीका पराल नष्ट गर्न उनीहरूले त्यसमा आगो लगाउँछन्् । जसबाट निकै विषालु धुवाँ वायुमण्डलमा बाक्लिन्छ । यसरी निस्कने धुलो–धुवाँ वायुमण्डलमा मिसिन्छ र ओजोन तहलाई पातलो बनाउँछ । ओजोन तह पातलिएपछि सूर्यका विकिरण सोझै पृथ्वीमा पर्ने भएकाले सम्पूर्ण प्राणी र प्रकृतिलाई नै यसले असर गर्दछ ।
प्रदूषणलाई रोक्न नसके पनि यसलाई न्यूनीकरण गर्न विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघ मिलेर काम गरिरहेका छन । यी दुई संघ मिलेर मुख्य गरी जल र वायु प्रदूषणमा केन्द्रित रहेर काम गरिरहेका छन्् । पछिल्लो समय वातावरणमा नकारात्मक परिवर्तन देखिँदै आएको छ । अध्ययनका अनुसार अस्पतालमा आउने बिरामीहरू वातावरण प्रदूषणको कारणले बढ्दै गइरहेकोे देखिन्छ । वायुप्रदूषणको प्रकोप ठूलाभन्दा पनि साना बालबालिका र बुढापाकामा बढी परेको देखिन्छ । स्कुल जाने बालबालिकाले मास्कको प्रयोग गरे पनि प्रदूषित हावापानीले उनीहरू शारीरिक तथा मानसिक रूपले कमजोर हुँदै गएका छन्् ।
बढ्दै गएको वातावरणीय समस्याले चाँडै नै प्राकृतिक सम्पदाहरू नष्ट हुने वातावरणप्रति विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्् । यसरी बढ्दै गइरहेको प्राकृतिक सम्पदाकोे विनाशलाई कम गर्न वातावरणीय क्षेत्रमा काम गर्ने संघ–संस्था र विज्ञहरू लागिपरेका छन् । हाम्रो वातावरणमा भएका सम्पूर्ण तŒवहरूको प्राकृतिक गुणमा भएको ह्रास नै प्रदूषण हो । वातावरणीय प्रदूषण भन्नाले वातावरणका भौतिक, रासायनिक तथा जैविक वस्तुको अनावश्यक परिवर्तन बुझिन्छ । वातावरणीय प्रदूषण वर्तमान विश्वको एक प्रमुख समस्या बनिरहेको छ । प्राचीन विश्वमा वातावरण मात्रै प्राकृतिक परिवर्तनका कारण परिवर्तित हुन्थ्यो, अनि वातावरणमा हुने प्रदूषण पनि प्राकृतिक प्रदूषण हुने गर्दथ्यो । तर, आज पृथ्वीमा भइरहेको जनसंख्या वृद्धि प्रदूषणको मुख्य कारक बनिरहेको छ । जनसंख्याको बढ्दो चापसँगसँगै प्रदूषणका समस्या पनि बढ्दा देखिन्छन्् ।
प्रदूषण आफंैमा एउटा समस्या हो भने प्रदूषणका कारण उत्पन्न हुने अन्य वातावरणीय समस्या पनि छन् । वातावरणीय प्रदूषणकै कारण पृथ्वीको तापक्रममा वृद्धि भइरहेको, अतिवृष्टि, अनावृष्टि र अल्पवृष्टि जस्ता विकराल समस्या देखापरिरहेको कुरा वातावरणीय अनुसन्धानले पुष्टि गरेको छ । जस्ता अन्य ठूला समस्या पनि अप्रत्यक्ष रूपमा प्रदूषणकै कारण हुन् । प्रदूषणका कारण देखिने यस्ता समस्याले वातावरणलाई थप प्रदूषित गरिरहेका हुन्छन् । प्रदूषणको प्रकृतिअनुसार यसलाई प्राकृतिक कारणले हुने प्रदूषणजस्तै ज्वालामुखीबाट निस्कने धुँवा, धुलोले गर्ने प्रदूषण र मानवद्वारा हुने प्रदूषण(जस्तैः फोहोर मैला, आवाजहरू) भनी छुट्याइन्छ । कुरा जे भए पनि प्राकृतिक प्रदूषणका अप्रत्यक्ष कारक पनि मानव नै हुन् ।
ओजोन तह पातलिएपछि सूर्यका विकिरण सोझै पृथ्वीमा पर्ने भएकाले सम्पूर्ण प्राणी र प्रकृतिलाई नै यसले असर गर्दछ
प्रदूषण हाम्रो वातावरणको हावा, पानी र जमिन सबैमा हुन सक्छ । यी सबै क्षेत्रका प्रदूषण प्रत्यक्ष वा अप्रत्यक्ष अन्तरसम्बन्धित रहन्छन् । त्यसैले यी मध्ये कुनै एउटा क्षेत्रमा हुने प्रदूषणको प्रत्यक्ष असर त त्यहाँ रहेका प्राणीलाई हुन्छ नै, अप्रत्यक्ष असर अन्य क्षेत्रका प्राणीलाई पनि हुनसक्छ । जस्तो जमिनमा हुने प्रदूषणले जल प्रदूषणमा पनि भूमिका राख्छ अनि अप्रत्यक्ष असर जलचरलाई गर्दछ । आजको विश्व निरन्तर विकासतर्फ उन्मुख छ । औद्योगिकीकरण, शहरीकरण, उन्नतिका सूचक मानिन्छन् ।
तर, तीव्र गतिमा भइरहेको यो विकास प्रक्रियाले बढाइरहेको प्रदूषण विकासभित्र विनास निम्त्याइरहेका छन् । आधुनिकीकरणसँगै फैलिरहेका उद्योग, कलकारखाना एकातर्फ विकासोन्मुखताका प्रति रहे भने अर्कोतर्फ त्यसबाट निस्कने फोहोर मैलाको उचित व्यवस्थापनका अभावमा देखिएका समस्या प्रदूषणका प्रमुख कारक बन्दै छन् । आज बढिरहेको प्रदूषणका नकारात्मक असर अहिलेभन्दा पनि कालान्तरमा अझ बढ्नसक्ने देखिन्छ । यसकारण पनि वातावरणीय प्रदूषणलाई आमचासोको विषय बनाउनुपर्ने कुराले महत्व पाएको हो ।
अहिले विश्वको जनसंख्याको चाप निकै तीव्र छ । करिब १० हजार वर्षअघि पृथ्वीमा जम्मा जनसंख्या करिब ५० लाख भएकोमा हाल यो संख्या ६ अर्ब पुगेको एक तथ्यांकले देखाउँछ । जनसंख्याको आँकडाअनुसार पृथ्वीमा प्रत्येक घण्टामा ९ हजार जना मानिस थपिन्छन् । अर्थात् १ सय ५० जनाप्रति मिनेटका दरले जनसंख्या वृद्धि भइरहेको छ । जनसंख्या वृद्धिसँगै मानिसका आधारभूत आवश्यकतामा पनि वृद्धि हुन्छ । गाँस, बास, कपास जस्ता आधारभूत आवश्यकता परिपूर्तिका लागि पनि प्राकृतिक स्रोतमाथिको परनिर्भरता बढ्ने कुरा सापेक्षित हुन्छ । वन, जंगल, वन्यजन्तु, खनिज आदि जस्ता प्राकृतिक स्रोतहरू माथिको हस्तक्षेपमा पनि वृद्धि हुन्छ । फलतः वातावरणमा त्यसले झनै नकारात्मक असर पु¥याइरहेको हुन्छ । बन फँडानी जनसंख्या बृद्धिको कारण विश्वमा उत्पन्न वातावरणीय समस्याको एउटा ज्वलन्त उदाहरण हो ।
मानिस आफू बाँच्नका लागि मात्रै नभै पृथ्वीमै अधिपत्य जमाउन चाहन्छ । यसै सन्दर्भमा मानवले अन्य प्राकृतिक स्रोत सँगसँगै वनजंगल, वन्यजन्तु जस्ता जीवित प्राणीका प्रजातिसँग कुनै किसिमको प्रतिस्पर्धा गरिरहेको हुन्छ । यही क्रममा दिनानुदिन वनक्षेत्रमाथि हस्तक्षेप बढाएर त्यसलाई बासस्थान (आवासक्षेत्र) तथा कृषिका लागि प्रयोग गर्ने क्रम विकसित देशमा मात्रै होइन, विकसित देशमा पनि बढ्दो छ ।
एकातर्फ वनक्षेत्र घटाएर त्यसलाई आवासक्षेत्र तथा कृषिभूमिका रूपमा परिणत गरिँदै छ भने अर्काेतर्फ सहरीकरणले कैयौं खेतीयोग्य उर्वरभूमिहरू पनि आवासीय क्षेत्रमा बदलिँदै छन् । यसैले सहरीकरणका कारण पनि खेती उत्पादनको मात्रामा ह्रास आएको कुरालाई नकार्न सकिन्न । खाद्यान्न समस्या पनि अर्काे आर्थिक वातावरणीय समस्या हो । सहरीकरण तथा औद्योगिकीकरणले वातावरणमा निकै नकारात्मक परिवर्तन निम्त्याउँछ भन्दा अत्युक्ति नहोला, यद्यपि आर्थिक दृष्टिकोणले यी दुवै सकारात्मक पक्ष पनि हुन् । आर्थिक–वातावरणीय दृष्टिकोणले हरेक विकास निर्माणका कामहरू निकै चुनौतीपूर्ण हुन्छन् ।
वातावरणीय प्रदूषणको असर प्रदूषण गर्नेलाई मात्र होइन, नगर्नेलाई पनि पर्ने हुनाले वातावरण जोगाउनु हामी सबैको दायित्व हुन्छ
पृथ्वीमा हुने सबै आर्थिक, सामाजिक गतिविधिले वातावरणसँग प्रत्यक्ष सम्बन्ध राख्छन् । त्यसकारण दिगो विकासका निम्ति वातावरणको संरक्षण आजको प्रमुख आवश्यकता हो । आर्थिक विकास सँगसँगै वातावरणीय सन्तुलन कायम गर्नु आमचुनौतीको विषय हो । यो चुनौती आज विकसित मुलुकका लागि मात्रै भएर विकासोन्मुख राष्ट्रका निम्ति पनि झनै टड्कारो रूपमा देखिन्छ । हाम्रो जस्तो अविकसित मुलुकका लागि पनि वातावरणीय सन्तुलन कायम गर्नु एउटा चुनौतीपूर्ण कुरा हो । वातारणलाई सन्तुलन राख्नका निम्ति वातावरणीय प्रदूषण न्यूनीकरणका साथै विकासका पूर्वाधारको उचित व्यवस्था विकासोन्मुख राष्ट्रका लागि आर्थिक दृष्टिकोणले पनि चुनौतीपूर्ण छ । यद्यपि, प्रदूषणको विश्वव्यापी समस्या न्यूनीकरणका लागि यो एउटा सानो प्रयासले ठूलो भूमिका खेल्न सक्छ । आज विकसित राष्ट्रमा फस्टाइरहेका उद्योग, कारखानाले गर्ने प्रदूषणको सिकार अविकसित मुलुक पनि भइरहेको कुरा यथार्थपरक छ । हामी आफंैले गरेको प्रदूषणको असर मात्रै नभई अरूले गर्ने प्रदूषणको असर पनि खेप्नु परिरहेको कुरा स्पष्ट छ । यसकारण वातावरणीय प्रदूषणको असर प्रदूषण गर्नेलाई मात्रै होइन, नगर्नेलाई पनि पर्ने हुनाले वातावरण जोगाउनु हामी सबैको दायित्व हुन्छ ।
अन्ततः वातावरणीय प्रदूषणका कारण हुन सक्ने सम्पूर्ण खतराप्रति सचेत हुनुपर्ने स्थिति वर्तमान विश्वभरि नै छ । हामी अविकसित मुलुकका नागरिकमा पनि यो चेतना हुनु जरूरी छ । प्रदूषण न्यूनीकरण गर्ने कुरामा आफू पनि चासो राखौं र जनचेतना अभिवृद्धिका निम्ति पनि केही योगदान गरौं । अविकसित मुलुकका सचेत नागरिकको उदाहरण विकसित राष्ट्रका नागरिकलाई पनि उदाहरणीय बन्न सक्छ । प्रदूषण न्यूनीकरण गर्न विभिन्न तरिका प्रयोगमा ल्याउन सकिन्छ । सरकारी तहबाट मात्र नभई स्थानीय तहबाट पनि चेतनामूलक कार्य गर्ने हो भने वातावरण स्वच्छ राख्न सकिन्छ । सवारी साधन चलाउँदा पेट्रोल र डिजलबाट चल्नेभन्दा पनि विद्युतीय सवारी साधन प्रयोग गर्दा वायुप्रदूषणलाई रोकथाम गर्न सकिन्छ । त्यस्तै खाना पकाउँदा सुधारिएको चुलोलाई प्रयोगमा ल्याउने हो भने घरको वातावरण स्वच्छ रहन्छ । सडक किनारा तथा घरवरिपरि वृक्षरोपण गर्ने हो भने पनि धेरै हदसम्म प्रदूषण न्यूनीकरण गरेर वातावरण सन्तुलित राख्न सकिन्छ । वातावरण जोगाउन यसलाई हानि पु-याउने कार्यहरू गर्न सकिन्छ, जस्तैः बाटोमा फोहोर नजलाउने, घरायसी फोहोर जथाभाबी नफाल्ने, प्लास्टिकको प्रयोग नगर्ने, वनजंगल फँडानी कम गर्ने लगायत विभिन्न क्रियाकलापले वातावरण संरक्षणमा मद्दत पु¥याउन सक्छ ।






