राजदुत अर्यालद्वारा युगाण्डाको भ्रमण

कम्पाला, युगाण्डा । इजिप्टका लागि नेपाली राजदुत झबिन्द्र अर्यालले अफ्रिकी महादेश युगाण्डाको भ्रमण गरेका छन् ।

अफ्रिकामा नेपालीहरुको संख्या बढ्दै गएपनि सो क्षेत्रमा राजदुतको व्यवस्था हुन सकेको छैन । युगाण्डासंग नेपालको मैत्रीपूर्ण सम्बन्ध कायम भएको तीन वर्षपछि राजदुतले युगाण्डाको भ्रमण गरेका हुन् ।

सो अवसरमा गैर आवासिय नेपाली संघ युगान्डाका अध्यक्ष बिनोद थापा, पूर्व अध्यक्ष तथा प्रमुख सल्लाहकार जीवनाथ पंगेनी, पूर्व अध्यक्ष तथा सल्लाहकार रमेश कंडेल, आइसीसी सदस्य राजमणि भण्डारी, महासचिब कमल भट्ट, पूर्व सदस्य श्रीमती रंजता पंगेनी र युगान्डाका व्यापारी सुधिर रुपरेलियाले इजिप्टका लागि नेपाली राजदुत अर्याललाई एरपोर्टमा भेटघाट तथा स्वागत गरेका छन् ।

उक्त भेटमा सुधिर रुपरेलियालाई युगान्डाका लागि नेपाली बाणिज्य दुत नियुक्त गरिन लागेको विषयमा बिशेष छलफल भएको थियो । गैर आवासिय नेपाली संघ युगाण्डाका अध्यक्ष बिनोद थापाले सो जानकारी विषयको गराएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 357 times, 1 visits today)

epaper

ताजा समाचार

सुरक्षा तथा जोखिम व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न