आफन्तबाटै बिन्दाको बिभत्स हत्या

पाँचथर । तेह्रथुमको आठराई गाउँपालिका–४, ईवास्थित तीनसल्लेमा बिहीबार २८ बर्षीया बिन्दा पुरीको बिभत्स हत्या भयो । बिन्दाको आफ्नै घरमा हत्या भएको थियो । धारिलो हतियारले घाँटि रेटेको अवस्थामा बिन्दाको शव फेला परेको थियो ।

गाउँलाई नै स्तब्ध पार्ने गरी भएको बिन्दा हत्याकाण्डमा उनको दुई जना देवरहरुको संलग्नता रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय सक्रान्तिका इनिस्पेक्टर शेशकराम थान्दारका अनुसार बिन्दाको हत्या उनकै देवरहरु सुरेन्द्र पुरी र बालकृष्ण पुरीले गरेका हुन् ।

हत्याको प्रमुख कारण पैसा देखिएको इन्सपेक्टर थान्दारले बताए । बैदेशिक रोजगारीको शिलशिलामा दुबईमा रहेका दाईले भाउजुलाई मात्र पैसा पठाइदिंदा आफूहरुले पैसाको चलखेल गर्न नपाएकाले बिन्दाको हत्या गरेको उनीहरुले प्रहरी समक्ष बयान दिएको इन्सपेक्टर थान्दारले बताए ।

हत्यामा संलग्न सुरेन्द्र झापाको बुध’bout र बालकृष्ण तेह्रथुमकै फेदापको औंशीडाँडामा बस्दै आएका थिए । उनीहरुले दश बर्षीय छोरा र १५ महिनाकी छोरीसँग तीन सल्लेमै बस्दै आएकी बिन्दाको योजना बनाएरै हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 389 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कहाँ छ त्यो शून्य सञ्चालक ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
ग्रामिण वस्तीहरुमा स्मार्ट भिलेजको अवधारणा कार्यान्वयन गर्छु : अधिकारी