जितको स्वाद अनुभव गर्न मेसी वर्गर

विश्व चर्चित फुटबलर लियोनल मेसीबाट प्रेरित भएर हार्ड रक क्याफेले नयाँ बर्गर लन्च गरेको छ । मेसी बर्गर विश्वभरका हार्ड रक क्याफेहरुका साथै नेपालमा पनि पाइन्छ । मेसी वर्गरको स्वाद लिर्दै जितको स्वाद अनुभव गर्ने होइन त ? दरबारमार्गमा रहेको हार्ड रक क्याफेमा नयाँ स्वादका साथ मेसी वर्गर पाइन्छ । हार्ड रक इन्टरनेशनलको लाइभ ग्रेटनेस अभियानअन्तर्गत विश्वचर्चित फुटबल लिजेन्ड लियोनल मेसीसँगको साझेदारीमा नयाँ उत्पादनको रुपमा मेसी बर्गर आएको हो ।

मेसी बर्गरले हार्ड रकको स्टीक बर्गरको खेलमा परिवर्तन गर्ने विश्वास लिइएको छ । मेसी वर्गरमा स्वादयुक्त सामाग्रीहरु समावेश गरिएको छ । बर्गर टोक्दा रसदार डबल स्ट्याक, पूर्ण स्वाद पाउँने हार्ड रकको दावी छ । वर्गरमा सेतो चिज, हार्ड रकको सिग्नेचर, मसलादार स्मोकी सस, टुस्टेड सलादलगायतका सामाग्री छ । ‘साँचै मेसी प्राप्त गर्न चाहानु हुन्छ भने भुटेको अण्डाको साथमा बर्गरको नयाँ स्वाद लिन सक्नु हुने छ ।’ हार्ड रकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । विश्व प्रसिद्ध फुटबल स्टार मेसीको साझेदारीमा लाइभ ग्रेटनेस अभियानलाई अर्काे चरणमा लैजान पाउनु सम्मानको कुरा भएको हार्ड रकका सिओओ जोन लुकासले भने । ‘मेसीका फ्यानहरुलाई हाम्रो मैदानमा स्वागत गर्न पाउँदा हामी उत्साहित छौं । मेसीका आफ्नै मनपर्नेहरुबाट प्रेरित भएको वर्गरलाई एक अविस्मरणी अनुभवका लागि लिन सकिन्छ ।’
हार्ड रक क्याफे अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त विश्व स्तरीय आतिथ्य ब्रान्ड हो । जसले विश्वभरी क्याफेहरु संचालन गर्दछ । १९७१ मा पहिलो हार्ड रक क्याफे लन्डनमा खोलिएको थियो । त्यसपछि न्युयोर्क, लस एन्जलस, शिकागो, मियामी, पेरिस सिड्नी र अन्य शहरमा विस्तार भयो । नेपालमा पनि २०७८ सालमा हार्ड रक क्याफे खुलेको हो । हार्ड रक क्याफेले ताजा उच्च गुणस्तरका सामाग्रीहरु उपलब्ध गराउने प्रतिबद्धताका साथ एक प्रकारको भोजन अनुभव प्रदान गर्ने गरेको दावी गर्दछ । जहाँ मेनु निरन्तर अपडेट भैरहन्छ । २०२१ मा मेसीले ब्रान्डको लाइभ ग्रेटनेस अभियानको लागि हार्ड रकसँग मिलेर काम गरे । यो फ्यान केन्द्रीत सिद्धान्तहरुमा निर्मित पहल हो ।

फ्यानहरुले कल गर्दा उनीहरुलाई प्रेरित गर्ने लक्ष्य राखिएको छ । हार्ड रक इन्टरनेशलन ६८ देशहरुमा फैलिएको छ । हार्ड रकले २०२० मा अनलाइन स्पोर्टस् बुक, इन्टरनेट गेमिङ प्लेटफर्म शुरु ग¥यो । ८६ हजारभन्दा बढी प्रमाणित संगीतको टुक्राको संग्रह पनि हार्ड रकसँग छ । सन् २०२१ मा हार्ड रकलाई फोब्र्स पत्रिकाले विविधताका लागि उत्कृष्ट रोजगारदाता, महिलाका लागि शीर्ष रोजगारदाता तथा यात्रा, फुर्सद गेमिङ र मनोरञ्जन उद्योगमा शीर्ष रोजगारदाताका रुपमा सम्मान गरिएको थियो । हार्ड रकलाई डेलोइट प्राइभेट र द वाल स्ट्रिट जर्नलले अमेरिकको उत्कृष्ट व्यवस्थित कम्पनीको संज्ञा दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 338 times, 1 visits today)

epaper

ताजा समाचार

विपद् व्यवस्थापनमा सामुदायिक प्रहरीसमेत परिचालन