राष्ट्रिय टोलीमा अलमुताइरी हावी


काठमाडौं । एक प्रशिक्षक जसले आफ्नो टोलीलाई नियन्त्रणमा राख्न सक्नुपर्दछ । यो स्वाभाविक नै हो । तर, हरेक पाटोमा यो सुहाउँदो पटक्कै देखिँदैन । शनिबार त्यस्तै दृश्य देखियो । आफ्ना लागि बोल्ने सीमा नै नराख्ने प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खेलाडीले बोल्ने विषयमा अंकुश नै लगाए । कुनै न कुनै हर्कत गरेर विवादमा आइहाल्ने नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र विवाद एक अर्काको पर्याय जस्तै बनिसकेको छ ।

राष्ट्रिय टोलीको प्रशिक्षणको पहिलो दिन शुक्रबार नेपाल एसियन कपमा छनोट हुन नसक्ने बताएका अलमुताइरी शनिबारको अर्काे पत्रकार सम्मेलनमा खेलाडीलाई अंकुश नै लगाए । आफूले दिएको १० मिनेटको पूरा समय पनि खेलाडीलाई बोल्नै दिएनन् । खेलाडीमाथि सधैं हाबी देखिने गरेका अलमुताइरीले नै शनिबारको खेलाडीसँगको पत्रकार सम्मेलनको सुरुवात पनि उनले नै गरेका थिए । त्यसअघि पत्रकार सम्मेलन सुरु गर्नुअघि नै उनले सञ्चारकर्मीलाई खेलाडीसँग एन्फाको निर्वाचन, एनएसएल र क्लबका प्रशिक्षकका ’boutमा प्रश्न नगर्न भनेका थिए ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाल एएफसी एसियन कपका लागि छनोट हुन नसक्ने बताएको भोलिपल्ट शनिबार राष्ट्रिय फुटबल टोलीका खेलाडीहरूले छनोट हुन कठिन भएपछि आफ्नो तर्फबाट उत्कृष्ट प्रदर्शनको प्रयास गर्ने बताएका छन् । एसियन कप छनोटको तस्रो चरणको तयारी शुक्रबारबाट सुरु भएको छ । पहिलो दिनको प्रशिक्षणपछि दशरथ रंगशालामा आयोजित पत्रकार सम्मेलनमा अलमुताइरीले भनेका थिए, ‘हामी निकै बलियो समूहमा छौं । हामी एसिया कपका लागि छनोट हुन सक्दैनौं । त्यसमा खेलाडीलाई दोष दिनु ठीक हुनेछैन ।’ एसियन कपमा हामी छनोट हुँदैनौं भनेर प्रशिक्षकले सजिलो बनाइदिनुभएको छ नि होइन भन्ने प्रश्नको जवाफमा सुजल श्रेष्ठले भने, ‘प्रशिक्षकको त्यो भनाइ मैले पनि पढें । कठिन त छ । तर, हामी आफ्नोतर्फबाट राम्रो खेल्ने प्रयास गर्नेछौं ।’ समान चार खेलाडीलाई दुई चरणमा विभाजन गरेर पत्रकार सम्मेलनमा प्रस्तुत गरिएको थियो । सुरुवातमा सुजलसहित विशाल राई, विमल घर्तीमगर र मनीष डाँगी उपस्थित थिए ।

दोस्रो चरणमा रोहित चन्द, नवयुग श्रेष्ठ, अनन्त तामाङ र गोलकिपर विशाल श्रेष्ठलाई प्रस्तुत गरिएको थियो । खेलाडीसँगको प्रश्नउत्तरको समयमा अलमुताइरी पत्रकारभन्दा पछाडि बसेका थिए । पहिलो चरणमा सबै प्रश्नको जवाफ सुजलले नै दिइरहेका थिए । पहिलो चरणमा अन्य खेलाडीलाई सोध्नुअघि १० मिनेट पूरा भयो भन्दै अलमुताइरीले खेलाडीलाई त्यहाँबाट बाहिर पठाए । लगभग ५ मिनेट मात्र बितेको अवस्थामा अन्य खेलाडीसँग प्रश्न सोध्नै नपाइने भन्ने सञ्चारकर्मीको गुनासोमा घडी देखाउँदै अलमुताइरीले १० मिनेट पूरा भयो । उनीहरूलाई खानुपर्छ । आराम गर्नुपर्छ । माफ गर्नुहोला भन्दै पन्छिए । राष्ट्रिय टोलीका सबै पाटोमा उनी जहिले हाबी देखिन्छन् ।

खेलाडीका लागि समयको पावन्दी लगाएका अलमुताइरीले अघिल्लो दिन पत्रकार सम्मेलनमा समय सिमा थिएन । उनी पटक पटक विभिन्न कारणले विवादमा पर्दै आएका छन् । तर, अधिकांश खेलाडीले उनका ’boutमा सकारात्मक प्रक्रिया दिने गरेका छन् । अलमुताइरी जुनै परिस्थितिमा पनि खेलाडीको बचाउ गर्छन् । खेलाडीलाई दोष नदिन आग्रह गर्छन् । खेलाडीले पनि हरेकपटक उनको प्रशंसा नै गरेको पाइन्छ । सञ्चार माध्यममा आउने समाचार लेखहरूले तपार्इंहरूलाई दबाब हुन्छ भन्ने प्रश्नमा दोस्रो चरणमा पत्रकार सम्मेलनमा रोहितले भने, ‘मलाई त्यस्तो हुँदैन । राम्रो प्रतिक्रिया छ भने पढ्छु । नराम्रो छ भने वास्ता गर्दिनँ । प्रतिक्रिया दिन पाउने सबैको हक हो,’ अनन्त तामाङ एसियन कप छनोटमा बलिया टोलीविरुद्ध खेल्नका लागि उत्साहितभन्दा पनि चुनौती महसुस हुने बताएका छन् । चोटमुक्त भएर राष्ट्रिय टोलीमा फर्केका नवयुग श्रेष्ठ टोलीमा पुनरागमन गर्दा उत्साहित रहेको र पुरानो खेलमा फर्कन सक्दो राम्रो प्रयास गर्ने बताए । गोलकिपर विशाल श्रेष्ठले आफूहरूले शतप्रतिशत दिएर खेल्ने उल्लेख गर्दै भने, ‘हामी खेल्न जाने हो ।

जित हार भन्ने अर्को कुरा हो । नतिजाको कुरा अर्को पाटो हो । उनीहरू राम्रो टोली हुन् । कुवेत, जोर्डनसँग खेलिसकेका छौं । इन्डोनसियासँग पहिला मैत्रीपूर्ण खेल खेलेका छौं ।’ एसियन कप छनोटको समूह ‘ए’मा रहेको नेपालले जोर्डन, कुवेत र इन्डोनेसियासँग खेल्दै छ । सबै खेल कुवेतमा हुनेछ । नेपालले २५ जेठमा जोेर्डन, २८ जेठमा कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 285 times, 1 visits today)

epaper

ताजा समाचार

आईजीपी कार्की हटाइए, नयाँ आईजीपीमा डा. मनोज केसी नियुक्त