राजदेवीको मेयरमा साह र सिंह सिफारिस

गौर। नेकपा एमालेले रौतहटको राजदेवी नगपालिकामा मेयर र उपमेयरका आकांक्षीको नाम सिफारिस गरेको छ ।

राजदेवी नगर कमिटीको आज बसेको बैठकले मेयरमा दुई जना र उपमेयरमा पाँच जनाको नाम सिफारिस गरेको नगर अध्यक्ष रुपनारायण दासले जानकारी दिए । नगरअध्यक्ष दासका अनुसार मेयरका दुई जना आकांक्षीमा गत निर्वाचनको मेयर प्रत्यासी राजेश साह र हालको उपमेयर अंशु सिह रहेका छन् । हाल जिल्ला कमिटी सदस्यको हैसियतमा रहेका साह जनयुद्ध कालीन नेता हुन् भने सिंह हालै फोरमबाट प्रवेश गरेकी हुन् ।

उपमेयरमा भने चर्चित जिल्ला कमिटी सदस्य निवेश यादवसहित ५ जनाको नाम सिफारिस गरेको नगरअध्यक्ष दासले बताए । लामो समय पत्रकारितामा बिताएका यादव हाल एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघका स्थायी कमिटी सदस्य पनि हुन् । उनका अलावा रामपुकार दास, प्रदीप साह, अशोक यादव, रुप नारायण दास आकांक्षी रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 289 times, 1 visits today)

epaper

ताजा समाचार

लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो