काठमाडौं । एकपछि अर्को गर्दै चर्चित गीत प्रस्तुत गर्दै आएका गायक रमेश श्रेष्ठ मेलोडीले र गायिका सहिमा श्रेष्ठसँग नयाँ गीत पानी तालमा छ… को भिडियो बजारमा ल्याएका छन् । उनले आफ्नो यो गीतको भिडियो युट्युबबाट रिलिज गरेका हुन् ।
गीतको भिडियो नृत्यप्रधान बनेको छ । गीत पनि डान्सिङ शैलीको छ । यो गीतलाई अमरबहादुर श्रेष्ठले लेखेका हुन् । जसमा गायक रमेश श्रेष्ठ मेलोडीकै संगीत रहेको छ ।
गीतको म्युजिक भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन् । जसमा कोरियोग्राफी तथा निर्देशन राहुल बराइलीको रहेको छ । यो म्युजिक भिडियोमा नवीन राई, अञ्जली अधिकारी र सम्पदा बानियाँको नृत्य तथा अभिनय रहेको छ ।
गायक रमेश पछिल्लो समय विभिन्न मेला महोत्सव तथा स्टेज कार्यक्रममा व्यस्त रहने गरेका छन् । दर्शकको चाहनाअनुसारको यो नयाँ गीत बनाएले यसलाई दर्शकले रुचाउने विश्वास उनले राजधानीसँग व्यक्त गरे ।







