झापामा काँग्रेस एमाले समिकरण बन्न सक्ने संकेत


दमक । देशभर काँग्रेस र एमालेको प्रतिष्पर्धा हुने देखिइरहेको बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा भने एमाले काँग्रेसले नै चुनावी तालमेल गर्ने संकेत देखिएको छ । राप्रपाको पकड बलियो भएको क्षेत्रमा एमाले र काँग्रेस तालमेल गर्ने तयारीमा छन् ।

स्थानीय निर्वाचन २०७४ मा झापाको कचनकवल गाउँपालिका राप्रपाले बहुमत ल्याएको पालिका हो । कचनकवलमा कांग्रेस दोस्रो र एमाले तेस्रो स्थानमा छन् । राप्रपाले गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष जितेको थियो । वडामा पनि राप्रपाकाकै बाहुल्यता छ ।
यतिबेला भने एमाले र काँग्रेस तालमेल गर्न छलफलमा जुटेका छन् । कांग्रेस र एमालेबीच तालमेलका लागि छलफल चलेको एमाले झापाका सचिव शिव ढुंगेलले जानकारी दिए । उनले भने, ‘राजनीति संधै सम्भावनाको खेति हो, हुनसक्छ हामी ती क्षेत्रमा तालमेल पनि गर्न सक्छौँ ।’

नेपाली कांग्रेस झापाका सभापति देउमान थेवेले केही पालिकामा एमालेसँग चुनावी तालमेल गर्ने’bout कुरा चलेको स्विकारे । थेवेका अनुसार कांग्रेस गठबन्धनको पक्ष भन्दा बाहिर जाँदैन । ‘केही पालिकामा एमालेसँग पनि तालमेल गर्न सकिन्छ भनेर कुरा चलेको थियो’ उनले भने, तर सत्ता गठबन्धन कायमै राख्नेमा हामी अडिग छौँ ।’

झापाका हल्दिबारी, कचनकवल र गौरीगञ्च राप्रपाको पकड भएका गाउँपालिका हुन् । यता दमकमा पनि राप्रपाको स्थान दोस्रो थियो । राप्रपा प्रमुख भएको स्थानमा काँग्रेस र एमालेको तालमेल सम्भव हुनसक्ने घुमाउरो पारामा सचिव ढुङ्गेल स्विकार्छन् । उनी भन्छन्, ‘ती स्थानमा कांग्रेसले गठबन्धन छोडेर आयो भने हामी मिलेर जाने कुरा हुन सक्छ ।’

तपाइको प्रतिक्रिया
(Visited 480 times, 1 visits today)

epaper

ताजा समाचार

केएमसीमा यसै वर्षदेखि स्नातकोत्तर तहमा पत्रकारिता पढाइ हुने