अत्तरिया चोकमा पुनः ठडियो राजा महेन्द्रको सालिक


धनगढी । २०६२/०६३ सालको जनआन्दोलनको भिडले तोडफोड गरेको पूर्व–पश्चिम राजमार्ग अन्तरगत कैलालीको अत्तरियामा रहेको स्व. राजा महेन्द्रको सालिक पुनःस्थापना गरिएको छ ।

सालिकको सोमबार एक कार्यक्रमका बीच श्री लोमस गिरि महाराजले अनावरण गरेका छन् । सालिक अनावरण अघि बाजागाजा सहितको -यालीले नगर परिक्रमा गरेका थिए । तत्कालीन राजा स्व. बिरेन्द्र वीर बिक्रम शाहले २०४३ साल फागुन ७ गते राजा महेन्द्रको सालिकको अनावरण गरेका थिए ।

झण्डै डेढ दशकपछि त्यही ठाउँमा उनै राजा महेन्द्रको सालिक पुनःस्थापना गर्न सबै राजनीतिक दल आबद्ध युवा, स्थानीय कार्यकर्ताहरू एकबद्ध भएर जुटेका थिए । कांगेस कैलालीबाट पूर्वमहाधिवेशन प्रतिनिधिसमेत रहेका व्यवसायी युवा हरि भट्टराईको नेतृत्वमा रहेको युवाहरुको टिमले सालिक पुनःस्थापनाका लागि समिती बनाएर काम थालेका थिए ।

२१ सदस्यीय सालिक पुनर्निर्माण समितिमा एमाले, राप्रपा, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) सहितका आस्थावान कार्यकर्ताहरु रहेका छन ।

तपाइको प्रतिक्रिया
(Visited 373 times, 1 visits today)

epaper

ताजा समाचार

रोलिङसँग फिदिम ३–० ले स्तब्ध