चक्रपथ दोस्रो खण्ड विस्तार

काठमाडौं । चिनियाँ सरकारले निःशुल्क अनुदानमा निर्माण गरिदिने घोषणा गरेको चक्रपथ सडकअन्तर्गत दोस्रो खण्डको विस्तारका लागि स्वयम्भूमा रहेका दुईवटा बिजुलीका टावर हटाइएको छ ।

चक्रपथ विस्तार गर्न साइट क्लियरिङअन्तर्गत स्वयम्भू र सानो भ¥याङमा रहेका दुईवटा ६६ केभिका दुईवटा टावर नेपाल विद्युत् प्राधिकरणले हटाएको हो ।

प्राधिकरणले टावरका लागि आवश्यक उपकरण दोस्रो मुलुकबाट आयात गरी हटाउने काम गरेसँगै अब दोस्रो खण्डको चक्रपथ विस्तारका लागि साइट क्लियरिङको काम सम्पन्न भएको छ ।

– हटाइयो स्वयम्भूको बिजुलीका टावर

– अब चिनियाँ ठेकेदार आएलगत्तै निर्माण सुरु

– वर्षा अगाडि काम थाल्ने सम्भावना न्यून

गत पुस पहिलो साता चिनियाँ प्राविधिक टोलीले स्थलगत भ्रमणका क्रममा सो टावर नहटाएको प्रति प्रश्न उब्जाएका थिए । नेपाली पक्षले टावर हटाउने क्रममा रहेको भन्दै चिनियाँ पक्षलाई आश्वस्त पारेको थियो ।

चक्रपथ विस्तारअन्तर्गत दोस्रो सडकखण्डमा नेपालले पहिला साइट क्लिअर अर्थात् रूख, पोल र ढल हटाउनुपर्ने सम्झौतामा उल्लेख छ । त्यसपछि मात्र चिनियाँ पक्षले सडक विस्तार गर्ने सम्झौतामा उल्लेख छ । जसअनुसार चक्रपथको चौडाइ बीचबाट दुवैतर्फ २५–२५ मिटर हुनुपर्नेछ । थप ६–६ मिटरमा नेपालले सर्भिस ट्र्याक बनाउनुपर्नेहुन्छ ।

दोस्रो खण्डअन्तर्गत कलंकीदेखि चक्रपथसम्म विस्तार गर्ने लक्ष्य राखेकोमा बिजुलीका टावर हटाएसँगै स्वयम्भूमा मन्दिर रहेको स्थानबाहेक सबै ठाउँमा साइट क्लियरिङको काम सम्पन्न भएको हो । आयोजना प्रमुख मेघराज मरासिनीले स्वयम्भूमा पुरातात्विक सम्पदाले केही समस्या देखिए पनि सम्पदाको हकमा ‘कन्सिडरेसन’ हुने देखिएको बताएका छन् ।

काठमाडौंको चक्रपथअन्तर्गत दोस्रो सडकखण्ड कलंकी–महाराजगन्जको विस्तारका लागि गत पुस पहिलो साता चिनियाँ प्राविधिक टोलीले स्थलगत निरीक्षण नै गरेको थियो । स्थलगत निरीक्षणको क्रममा शतप्रतिशत साइट क्लिअर नभएपछि चिनियाँ पक्षले सडक विस्तारको काम सुरु गर्न आनाकानी गर्दै आएको थियो ।

चार सदस्यीय चिनियाँ प्राविधिक टोलीले विस्तार गरिने कलंकीदेखि महाराजगन्जसम्मको करिब ८.५ किमी सडकको स्थलगत अध्ययन गरेर साइट क्लिअर भएको प्रतिवेदन चीनको हेनान प्रोभेन्सियल कम्युनिकेसन प्लानिङ सर्भे एन्ड डिजाइन इन्स्टिच्युट कम्पनीलाई दिएसँगै कम्पनीले काम थाल्ने जनाइएको थियो । तर, चिनियाँ प्राविधिक टोली निरीक्षणपछि विस्तार गरिने सडकको साइट क्लिअर नभएको रिपोर्ट बोकेर फर्कन बाध्य भएको थियो ।

सम्झौताअनुसार नेपाल पक्षले साइट क्लिअर गरेर विस्तारका लागि चिनियाँ पक्षलाई जिम्मा दिनुपर्र्नेमा नेपाल पक्षले शतप्रतिशत साइट क्लिअर गर्न नसक्दा चक्रपथ विस्तारको काम नै सुरु हुन सकेको छैन । अब साइट क्लिअरको काम सम्पन्न भएकाले चिनियाँ पक्ष आएसँगै काम अघि बढ्ने भएको छ ।

तर, वर्षा सुरु हुन लागेकाले वर्षाअघि नै आयोजनाको काम सुरु हुने सम्भावना कमजोर बन्न थालेको छ । आयोजना प्रमुख मरासिनी पनि अब वर्षापछि नै आयोजनाको काम सुरु हुने सम्भावना बढी रहेको बताउँछन्

चक्रपथ विस्तारअन्तर्गत महाराजगन्जमा २ सय ४० मिटर खण्डको क्षेत्रको मुआब्जा विवाद टुंगिन सकेको छैन । सडक विभागका प्रमुख शिवहरि सापकोटाले उक्त विवाद टुंगिन बाँकी रहेको बताउँछन् । आयोजना प्रमुख मरासिनीले दोस्रो खण्डअन्तर्गत पहिले धोवीखोलासम्म करिब साढे ११ किमी सडक विस्तार गर्ने भनिए पनि अहिले ८.५ किमी सडक विस्तार गर्ने भएपछि सो क्षेत्र तेस्रो चरणमा पर्ने देखिएकाले अहिले सडक विस्तार गर्न समस्या नरहने बताउँछन् ।

नेपाल सरकारले १८ पुस २०७६ मा नै उक्त खण्डको सडक सीमा ३१–३१ मिटर कायम गर्न आवश्यक पर्ने जग्गा अधिग्रहणका लागि स्वीकृति दिइसकेको छ । तर, अझै हल हुन सकेको छैन । सरकार पनि विवादित विषय हल गर्नेमा गम्भीर नबनेको पाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 924 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अन्तिम चुनावी अभियानमा ह्यारिस र ट्रम्प

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको पन्ध्रौं मेयर को हाेला ? (यस्तो छ इतिहास)