आपराधिक गिरोहलाई पोस्न खोज्ने अर्थमन्त्री माथि छानबिन गर

अन्यायपूर्ण र गैरकानुनी रूपमा निलम्वनमा परेका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सर्वोच्च अदालतले पुर्नबहाली गरेर विधिको शासन स्थापित गरिदिएको छ । लोकतन्त्रको सबैभन्दा ठूलो आधार भनेकै विधि, नियम र पद्धति हो । अर्थमन्त्री जनार्दन शर्माले लोकतन्त्रको घाँटी अठ्याउँदै व्यक्तिगत स्वार्थ पूरा गर्नका लागि आपराधिक गिरोहसँगको साँठगाँठमा गर्भनर अधिकारीलाई निलम्वन गराएको तथ्य बाहिर आइरहेका छन् । अमेरिकामा आपराधिक धन्दा गरेर कमाइएको कालो धनलाई नेपाल ल्याएर सेतो बनाउने कुत्सित खेलमा लागेका माफियासँगको मिलिमतोमा अर्थ मन्त्रीले गभर्नरलाई हटाएको थप तथ्य समेत उजागर हुन पुगेको छ । अछामका पृथ्वीबहादुर शाहले अमेरिकाबाट कालो धन नेपाल भियाउन नपाएपछि अर्थमन्त्री शर्मालाई गुहारेका थिए । अमेरिकाको सरकारी निकाय फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क (फिन्सेन) ले त्यस्तो रकमको भुक्तानी रोक्न राष्ट्र बैंकलाई पत्र पठाएको थियो ।

सोही पत्रअनुसार राष्ट्रबैङकले समेत सो रकम रोकेर त्यस सम्वन्धमा छानबीन थालेको थियो । राष्ट्रबंैकको छानबिनका क्रममा पनि सो रकम आपराधिक कुकर्म गरेर आर्जन गरेको विभिन्न तथ्य फेला परेको थियो । तर, विडम्बना अर्थमन्त्री शर्मा आफंै आपराधिक कार्य गरेर आर्जन गरिएको कालो रकम छु्टाउने गलत धन्दामा लाग्न पुगे । अर्थमन्त्री यदि इमानदार र नैतिकवान् हुन्थे भने कालो धन ल्याउन खोज्नेलाई कडा कारबाही गराउँथे र गभर्नरलाई सहयोग गर्थे । उल्टै उनले त गभर्नरलाई हटाएर कालोधन फुकुवा गराउन खोज्ने धृष्टता गरे । यसले सहजै अनुमान गर्न सकिन्छ की अर्थमन्त्री कुन धन्दामा लागेका छन् भनेर । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्रीलाई धाप मार्नुले यस्ता काला धन्दामा कतै प्रधानमन्त्री र अर्थमन्त्री दुवैको संलग्नता त छैन भन्ने प्रश्न पनि उब्जाएको छ । यदि, यस्तो कुकर्ममा प्रधानमन्त्रीको संलग्नता छैन भने उनले अर्थमन्त्रीमाथि तत्काल छानबिन थाल्नुपर्छ ।

हामीकहाँ राजनीतिक नेतृत्वमा नैतिकताको खडेरी छ । अर्थमन्त्रीद्वारा निलम्बन गराइएका गभर्नरलाई सर्वोच्च अदालतले पुनर्वहाली गरिदिएपछि अर्थमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनु पथ्र्यो तर विचौलिया र माफिया पोस्ने खेलमा लागेकाहरुबाट नैतिकताको आशा गर्नु निरर्थक छ । अर्थमन्त्रीले पोस्न खोजेका आपराधिक गिरोहले अमेरिकाबाट विभिन्न समयमा करोडौं रुपैयाँ नेपाल भिœयाइसकेको छ । अब त्यसरी हालसम्म भिœयाइएको सबै रकम’bout खोजी र अनुसन्धान गरिनुपर्छ । अर्थमन्त्री शर्माले राष्ट्र बैंकका गर्भनरलाई निलम्वन मात्रै होइन यो आर्थिक अपराधमा छानबिन गरिरहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमाथि समेत अनावश्यक हस्तक्षेप गर्न खोजे । अर्थमन्त्रीबाट भएका यस प्रकारका अराजकताले मुलुकमा कुशासानको पारो बढाउने निश्चित छ । मन्त्री आफंै प्रत्यक्ष रूपमा आर्थिक अपराधका घटना जोगाउन लाग्नु र उनी माथि कुनै प्रकारको कारबाही नहुनुले वर्तमान सरकारको नियतमाथि समेत गम्भीर प्रश्न सिर्जना भइरहेको छ । यदि सरकारले भ्रष्टाचारीलाई संरक्षण नगर्ने नीति लिएको हो भने तत्काल अर्थमन्त्री शर्मालाई वर्खास्त गरी उनीमाथि थपअनुसन्धान बढाउनुपर्छ अन्यथा सिंगो सरकार भ्रष्टाचारीको मतियार बन्नेछ । त्यस्तो अवस्थामा नागरिक समाजले नै सरकार माथि आवश्यक निगरानी बढाउँदै सरकारको गलत धन्दाको प्रतिरोध गर्नुपर्छ भने विधिको शासन स्थापित गर्ने सर्वोच्च निकाय पनि यसमा संवेदनशील बन्नपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 326 times, 1 visits today)

epaper

ताजा समाचार

यस्तो छ आजको मौसम पूर्वानुमान