निर्माण व्यवसायीले थाले सार्वजनिक खरिद अनुगमन कार्यालय र बीमा समितिमा धर्ना


काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामाग्रीको मूल्यवृद्धि, सार्वजनिक खरिद नियमावली (एघारौँ संशोधन)को विरोध र बीमा निर्देशिकाको बिरोधमा बिहीबारदेखि सार्वजनिक खरिद अनुगमन कार्यालय र बिमा समितिमा धर्ना कार्यक्रम सुरु गरेको छ ।

महासंघले पूर्व निर्धारित कार्यक्रम अनुसार सार्वजनिक खरिद अनुगमन कार्यालय र बीमा समितिमा धर्ना दिएको हो । महासंघले गत २५ चैतमा पत्रकार सम्मेलन आयोजना गरी आफूहरुको माग सम्बोधन नभए धर्ना दिने जनाएको थियो ।

सोही अनुरुप अहिले यि दुबै ठाउँमा धर्ना दिन थलिएको महासंघका अध्यक्ष रवि सिंहले बताए । महासंघका महासचिव रोशन दाहालले निर्माण सामग्रीमा भएको अस्वभाविक मूल्यवृद्धिका कारण काम गर्न नसकिने अवस्था आएको भन्दै कि मूल्यवृद्धि फिर्ता हुनुपर्ने वा यस अवधिलाई ‘कन्स्ट्रक्सन होलिडे’ घोषणा गर्न सरकारलाई दबाब दिन आफुहरु धर्नामा बसेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 589 times, 1 visits today)

epaper

ताजा समाचार

दुई वर्षमै दोब्बर सुधार : धनगढीका सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ५२.३९ पुग्यो