बारा । नारायणी प्लाष्टिक उद्योगका सञ्चालक पक्राउ परेका छन् । कलैया उपमहानगरपालिका बालमन्दिर स्थित नारायणी प्लाष्टिक उद्योगका सञ्चालक निरन्जन अग्रवाललाई शुक्रवार प्रहरीले पक्राउ गरेको हो ।
अनुमति बिना ढक तराजु प्रयोग गरे वापत अग्रवाललाई आदालतको आदेशमा हिरासतमा राखिएको प्रहरी उपरिक्षक राजेश थापाले जानकारी दिए ।
बारा जिल्ला अदालतको आदेश अनुसार अग्रवाललाई प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए । अग्रवाल विरुद्ध प्रहरी कार्यालयमा कुनै किसिमको मुद्धा नरहेको उनले बताए ।
अनुमति नै नलिई ढक तराजु प्रयोग गरेको आरोपमा गुणस्तर तथा नापतौल कार्यालय बीरगंजले अग्रवाल विरुद्ध जिल्ला अदालता मुद्दा दर्ता गरेको थियो । अदालतमा उपस्थित भएका अग्रवाललाई मुद्दा हेर्न समय नभ्याएको भन्दै प्रहरी हिरासतमा राख्न आदेश दिएको उनले जानकारी गराए ।
गुणस्तर तथा नापतौल कार्यालय बीरगंजका निरिक्षक सुनील कुमार यादवका अनुसार उद्योगमा छडके अनुगमन गर्दा अवैध रुपले ढक तराजु प्रयोग गरिएको फेला पारेपछि कानुनी कारवाही प्रक्रिया अगाडी बढाईएको उनले बताए ।
नियन्त्रणमा लिएको ढक तराजुलाई अनुसन्धान गरेपछि मुद्धालाई फैसला गर्नका लागि अग्रवाललाई अदालतमा हाजिर गराएकोे गुणस्तर तथा नापतौल कार्यालय बीरगंजका निरिक्षक यादवले बताए ।
अदालतको फैसाल नहुन्जेल अग्रवाललाई प्रहरी हिरासतमा राख्न अदालतले प्रहरीलाई लिखित पत्रचार गरेको थियो । नारायणी प्लाष्टिक उद्योग देशको एक नम्वर ब्राण्डका प्लाष्टिक कम्पनी मानिन्छ । उक्त कम्पनीले विभिन्न आकारका पाईपहरु उत्पादन गर्दै आएको छ । नेपाल लगायत तेस्रो मुलुकमा पनि नारायणी प्लाष्टिका उत्पादन बिक्री हुने गरेको उद्योगले जानकारी गराएको छ ।






