गठबन्धनबाट अध्यक्षका उम्मेद्वार विरुद्ध वेरुजु रहेको उजुरी

सिन्धुली । माओवादी केन्द्र र नेपाली काँग्रेसको गठबन्धनबाट तीनपाटन गाउँपालिकामा अध्यक्ष पदको उम्मेदवार बनेका कर्ण बहादुर थापा मगर विरुद्ध उजुरी परेको छ । उम्मेदवार थापा कन्स्ट्रक्सन सर्भिस प्रा.लिका प्रोप्राइटर रहेको र पालिका भित्र गरिएको ठेक्का पट्टामा समेत वेरुजु रहेको पाईएको भन्दै उजुरी परेको हो ।

उनको उम्मेदवारी खारेजीको माग गर्दै अध्यक्षका प्रत्यासी छत्रबहादुर दाहालले निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार उजुरी दर्ता गराएका हुन् ।

थापा २०७४ सालमा नेपाली कांङ्ग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष हुन् । आफू पदमा बहाल हुँदा आफैले आफैलाई ठेक्का स्वीकृत गराई गाउँपालिकामा हाल पनि निर्माणको काम गरि रहेको पाइएको र वेरुजु फस्र्यौट समेत नगरेको पाईएको भन्दै दाहालले उजुरी दर्ता गराएका हुन् ।

थापा प्रोप्राइटर भएको खाता राष्ट्रिय वाणिज्य बैङ्क सिन्धुली, प्राइम बैक सिन्धुली शाखा र बैङ्क आफ काठमाण्डौं चकमके शाखामा खाता सञ्चालन गरि हाल पनि कारोबार गरि रहेको पाईएको उजुरीमा उल्लेख गरिएको छ ।

आयोगले जारी गरेको निर्देशिका अनुसार ठेक्कापट्टा वा चल अचल सम्पत्ति सम्बन्धी व्यवहारमा संलग्न व्यक्ति उम्मेदवार बन्न नपाउने उल्लेख गरिएको छ । कुनै स्थानीय तहको ठेक्कापट्टा वा चल अचल सम्पत्ति सम्बन्धी व्यवहारमा संलग्न रहेको व्यक्ति उमेदवार बन्न नपाउने व्यवस्था निर्देशिकाले गरेको छ ।

थापा सम्बन्धित गाउँपालिकाको उम्मेदवार भएर सम्बन्धित पालिकामा नै ठेक्का पट्टा गर्दै आएका छन् । थापाले तिर्नु पर्ने सात लाख पचास हजार पाँच सय बेरुजु रकम तिरेका छैनन । थापाले ढुंगा गिट्टी निकासीको ठेक्का पट्टाको रकम समयमा नबुझाएको पाईएको छ । महालेखा परिक्षकको प्रतिवेदनले नै उनको कम्पनीको नाममा बेरुजु देखाएको हो ।

तिनपाटनको निर्वाचन अधिकृतको कार्यालयले उक्त उजुरी १ नं. मा दर्ता गरेको छ । उजुरी उपर छानविन गरि निर्णय गरिने कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 471 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लम्जुङको कारागारमा कैदी र बन्दीबीचको झडप, ३ घाइते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कञ्चनपुरको बेल्डाडी गाउँपालिकामा काङ्ग्रेस विजयी