एमाले पोखरा महानगरका मेयर–उपमेयरले सार्वजनिक गरे चुनावी प्रतिबद्धतापत्र

पोखरा । नेकपा एमाले पोखरा महानगरपालिकामा मेयर तथा उपमेयरका उम्मेदवारले शनिबार चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।

पोखरा सभागृहमा आयोजित उम्मेदवार परिचय तथा बृहत् कार्यकर्ता भेलामा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत नेताको उपस्थितिमा मेयरका उम्मेदवार कृष्ण थापा र उपमेयर उम्मेदवार मञ्जुदेवी गुरुङले सो प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा मेयरका प्रत्यासी कृष्ण थापाले ‘हाम्रो अभिभारा : स्वच्छ सुन्दर पोखरा’ को नारालाई अघि सार्दै पोखरालाई अन्तर्राष्ट्रियस्तरको सहरको रुपमा विकास गर्ने बताए । आफूले २० देखि २५ हजार मतान्तरले चुनाव जित्ने दाबी गर्दै विगतमा पनि मेयरको अनुभव भएकोले चुनाव जितेको पहिलो दिनदेखि नै महानगरवासीको सेवामा अहोरात्र खटिने बताए । आफ्नो यो अन्तिम चुनाव भएको दोहो¥याउँदै उनले मेयर भएवापत् प्राप्त हुने सेवासुविधा सबै गरिब जनताको नाममा लगाउने घोषणा गरे । साथै उनले मृत्युपश्चात आफ्ना सबै अंग दान दिने घोषणासमेत गरे । पोखराको लामाचौर निवासी थापा प्रदेश सांसद परित्याग गरेर पुनः मेयरको प्रतिस्पर्धामा छन् । उनी २०५४ सालको स्थानीय तह चुनावमासमेत मेयर थिए ।

उपमेयरका प्रत्यासी मञ्जुदेवी गुरुङले पार्टीले पुनः जिम्मेदवारी दिएकोले फेरि चुनाव लडेको बताइन् । बहालवाला उपमेयर समेत रहेकी गुरुङले आफ्नो गएको ५ वर्षे कार्यकालमा गरेको कामको मूल्यांकन मतदाताले यसपालि पनि गर्ने अपेक्षा गरिन् ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा १ देखि ३३ सम्मका एमालेबाट वडाध्यक्ष, खुला सदस्य, महिला सदस्य र दलित सदस्य गरी सबै १ सय ६७ जनाको परिचय गराइएको थियो ।

कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपमहासचिव पृथ्वीसुव्वा गुरुङ, सचिव पद्मा अर्याल, संगठन विभाग प्रमुख खगराज अधिकारी, एमाले कास्की इञ्चार्ज भीम कार्की, पोलिट्व्यूरो सदस्य जगतबहादुर विश्वकर्मा, सीता गरी वली लगायतले बोलेका थिए ।
पोखराको मेयरमा गठबन्धनतर्फका उम्मेदवारले २ दिनअघि चुनावी घोषणापत्र सार्वजनिक गरिसकेको छ । गठबन्धनमा नेकपा (एकीकृत समाजवादी) का तर्फबाट मेयरमा धनराज आचार्य र उपमेयरमा कांग्रेसकी कोपिला रानाभाट उम्मेदवार छन् ।

यस्तो छ प्रतिबद्धतापत्र

नेकपा एमाले पोखरा महानगरका उम्मेदवारले शनिबार सार्वजनिक गरेको चुनावी प्रतिबद्धतापत्रमा महानगरवासीलाई सुखी, खुसी र समृद्ध बनाउँदै पोखरालाई वैभवशाली सहर बनाउने घोषणा गरेका छन् ।

आगामी वैशाख ३० मा हुने स्थानीय तह चुनावमा एमालेबाट पोखरामा मेयरका प्रत्यासी कृष्ण थापा र उपमेयरका प्रत्यासी मञ्जुदेवी गुरुङले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा प्रतिव्यक्ति वार्षिक आयमा वृद्धि गर्दै मानव विकास सूचकांक भएको महानगर बनाउने घोषणा गरेका हुन् ।

यस्तै, महानगर ’roundका अन्नपूर्ण, माछापुच्छे«, मादी र रुपा गाउँपालिकाका साथै छिमेकी नगरपालिकासँग् सहज आवागमनका लागि आवश्यक समवन्य गर्दै सुगम यातायात व्यवस्था गर्ने उल्लेख छ ।

पोखरालाई कोरलादेखि त्रिवेणीसम्मको स्थलमार्गबाट जोडेर नेपालकै प्रमुख अन्तर्राष्ट्रिय व्यापारिक केन्द्र तथा पर्यटकीय गन्तव्य रुपमा विकास गर्ने योजना छ ।

साथै, पोखरा महानगरभित्र सार्वजनिक यातायातलाई व्यवस्थित गर्नको लागि मोनोरेल तथा मेट्रोरेल संचालनका लागि सम्भाव्यता अध्ययन गर्ने, महानगरभित्र निर्माण गरिने भौतिक पूर्वाधार अपांगमैत्री बनाउने, प्रदूषण न्युनीकरण गर्न विद्युतीय सवारीसाधन संचालन गर्ने, विमानस्थल यथाशीघ्र संचालन गर्ने लगायत चुनावी प्रतिबद्धता रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 499 times, 1 visits today)

epaper

ताजा समाचार

राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित