सप्तरी । निर्माण कार्यको निरिक्षण तथा लेआउट गर्न पुगेका राजविराज नगरपालिकाका सवइन्जिनियर मनोज कुमार यादव कुटिएका छन् । उनको साथमा रहेको ल्यापटप पनि तोडफोड भएको छ ।
मंगलबार बिहान १० बजेतिर राजविराज ८ मा नगरपालिकाद्वारा भइरहेको सडक निर्माण कार्यको निरिक्षण तथा लेआउटका लागि पुगेका सवइन्जिनियर यादवमाथी सोही वडा निवासी गुलाब यादव भन्ने व्यक्तिले कुटपिट तथा ल्यापटप तोडफोड गरेको प्रमुख प्रशसकीय अधिकृत हरिकिशोर प्रसाद चन्द्रवंशी बताए ।
नगरपालिकाबाट मंगलबार नै सवइन्जिनियर यादवमाथी कुटपिट गर्ने तथा ल्यापटप तोडफोड गर्ने गुलाब यादवलाई पक्राउ गरि कानुन बमोजिम कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइएको उनले जनाएका छन् ।
यता घटनाको बिरोधमा नगरपालिकाका कर्मचारीहरुले अतिआवश्यक बाहेकका अन्य सबै सेवा ठप्प पारेका छन् । नगरपालिकाको कर्मचारी परिवारका तर्फबाट जारि संयुक्त प्रेस विज्ञप्तिमा कार्य क्षेत्रमा पेशागत जिम्मेवारी निर्वाहा गर्न जाँदा गुण्डाशैलीमा राष्ट्रसेवक कर्मचारीमाथी आक्रमण हुनु निन्दनीय रहेको उल्लेख छ ।
साथै उक्त विज्ञप्ति मार्फत कर्मचारी कुट्ने व्यक्तिलाई पक्राउ गरि कारवाही नगरेसम्म नगरपालिकाको आकस्मिक बाहेकका अन्य सबै सेवा बन्द रहने जनाइएको छ ।
सम्बन्धित समाचार
‘क्यान्सरसँगका मेरा अनुभूति’ लोकार्पण
टिपरको ठक्करबाट एक जनाको मृत्यु
सप्तरीको वभनगामा टोलमा आगलागी, १२ घरगोठ जलेर नष्ट
मौलापुर नगरपालिकाको एसइइ परीक्षा उत्तीर्ण ९०.२३ प्रतिशत
सप्तरीका सुकुम्वासी सडकमा
५ हजार २ सय परिवारको पीडा सम्बोधन गर्न वार्ता सुरु
गैरकानूनी हस्तक्षेप नगर्न प्रधानमन्त्री शाहसमक्ष अनुरोध
प्रसाईंलाई हिरासतमा राखी अनुसन्धान गर्न ३ दिनको म्याद






