अर्घाखाँचीमा बाढीले बगाएर ८ वर्षिय बालिकाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा गएराति आएको बाढीले बगाएर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर १ ढाकाबांगको बेसारे खोलामा आएको बाढीले बगाएर ८ वर्षीया शिवानी घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

प्युठानको मल्लरानी गाउँपालिका वडा नम्बर २ की शिवानी आफ्नी दिदीको घर भूमिकास्थान नगरपालिका वडा नम्बर १ आमडाँडा ढाकाबांग आउने क्रममा खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अम्मरबहादुर थापाले जानकारी दिए ।

बालिकाको खोजी गर्दा स्थानीय र प्रहरीले गएराति फेला पार्न नसकेपछि पुन आज बिहान शब भेटिएको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए । शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल प्यूठानमा पठाएको बताइएको छ । यस्तै बाढीले ५ घरमा क्षति पु-याएको समेत बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 238 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेपाल–भारत डीआईजीस्तरीय सीमा बैठक : सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण सम्बन्धमा गम्भीर छलफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदान गर्न युवा पुस्ता उत्साहित