संखुवासभामा एमाले भन्दा गठबन्धन अगाडी

संखुवासभा । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको महौल नजिक आउँदै गर्दा पाँच दलीय गठबन्धन र नेकपा एमालेका उम्मेदवार बीच निकै टक्कर पर्ने देखिन्छ । गठबन्धन दल एक ठाउँ हुँदा एमालेलाई पुरानो हैसियत कायम राख्न कठिन देखिन्छ । २०७४ को निर्वाचनमा दोस्रो बनेको नेपाली कांग्रेस, तेस्रो बनेको नेकपा माओवादी केन्द्र र चौथो बनेको तत्कालीन संघीय समाजवादी फोरम एकै ठाउँ हुँदा एमालेलाई पुरानो हैसियत कायम राख्न कठिन हुने आकलन छ । स्थानीय तह २०७४ को प्राप्त मतको आधारमा संखुवासभामा नेकपा एमाले भन्दा पाँच दलीय गठबन्धन अघि देखिएको छ ।

जिल्लाका १० वटै पालिकामा खसेको मत संख्या जोड्दा नेकपा एमाले भन्दा पाँच दलीय गठबन्धन ७ हजार १ सय आठ मतले अगाडी छ । २०७४ को निर्वाचनमा एमाले र काँग्रेसले पाँच/पाँच स्थानीय तह जितेका थिए ।

गठबन्धन कहाँ कति बलियो ? खाँदबारी नगरपालिका

स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन दलबीच चुनावी तालमेल गर्ने निर्णय भएसँगै जिल्लामा सम्भावित परिणाम’bout आकलन हुन थालेको छ । २०७४ को स्थानीय तह निर्वाचन परिणाम अनुसार जिल्लाका १० वटै पालिकामा गठबन्धनको अवस्था बलियो देखिन्छ । २०७४ को स्थानीय तह जितेका एमालेका केही जनप्रतिनिधिको हिस्सा एकीकृत समाजवादीमा गएको छ ।

खाँदबारी नगरपालिकाको मेयरमा गठबन्धन तर्फका उम्मेदवार नेपाली काँग्रेसका महेश थपालिया र नेकपा एमालेका जित बहादुर घिमिरे बीच कडा पतिस्पर्दा हुने भएको छ । २०७४को स्लथानीय तहको निर्वाचनमा प्रमुख गठबन्धन दल काँग्रेस ५ हजार १ सय ३१,नेकपा माओवादी केन्द्र ४ सय २७ मत पाएको थियो । गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा लगायतको गठबन्धन गरिएको छ । गठबन्धनमा नेकपा एकीकृत समाजवादी र जसपाले एमालेको मत काट्ने सम्भावना भएका कारण पनि गठबन्धन निकै बलियो देखिएको छ । एमाले फुटपछि नेकपा एमालेका तत्कालिन अध्यक्ष हेमराज घिमिरे लगायत जिल्ला स्तरीय नेता कार्यकता समेत समाजवादीमा छन् । फुटेपछि एमाले १० वटै पालिकामा कमजोर भएको पाइन्छ ।

चैनपुर नगरपालिका

२०७४ को स्थानीय तह निर्वाचनको मत परिणाम अनुसार चैनपुर नगरपालिकामा गठबन्धन अगाडी देखिएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेले ५ हजार ३ सय १७ मत, नेपाली काँग्रेस ५ हजार १ सय ९२ मत र नेकपा माओवादीले ७ सय ८४ मत पाएको थियो । जसअनुसार चैनपुरमा एमाले भन्दा गठबन्धन ६ सय ५९ मतले अगाडी छ । चैनपुरमा समेत नेकपा एकीकृत समाजवादीले भोट काट्ने निश्चित छ । चैनपुर नगरपालिका मेयरमा गठबन्धन तर्फका उम्मेदवार नेपाली काँग्रेसका ज्ञानबहादुर कार्की र उपमेयरमा माओवादीका लामखान तामाङमा रहेका छन् ।

मादी नगरपालिका

मादी नगरपालिकामा समेत पाँच दलीय गठबन्धन अगाडी देखिएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा मादी नगरपालिकामा एमालेले २ हजार ७ सय ४० मत, काँग्रेस २ हजार १ सय २२ र माओवादी १ हजार १ सय ३९ मत ल्याएको थियो । उक्त मत परिणाम अनुसार ५ सय २१ मतले गठबन्धन अघि देखिएको छ । मादी नगरपालिकाको मेयरमा गठबन्धन तर्फका उम्मेदवार माओवादी केन्द्रका दावाछत्र शेर्पा र उपमेयरमा नेपाली काँग्रेसका पासाङ शेर्पा रहेका छन् ।

धर्मदेवी नगरपालिका

धर्मदेवी नगरपालिकामा समेत पाँच दलीय गठबन्धन अगाडी देखिएको छ । २०७४ को स्थानीय तह निर्वाचन मत परिणाम अनुसार एमाले ३ हजार ७० मत, काँग्रेस ३ हजार ९ सय ४० मत र माओवादी ४ सय २४ मत पाए थियो । २०७४ को निर्वाचन अनुसार धर्मदेवीमा पाँच दलीय गठबन्धन १ हजार २ सय ९४ मतले अगाडी छ । धर्मदेवी नगरपालिका मेयरमा गठबन्धन तर्फका उम्मेदवार नेपाली काँग्रेसका थलकुमार लिंखा र उपमेयरमा काँग्रेसकै तारा महत रहेका छन् । २०७४ को स्थानीय तहको निर्वाचनमा धर्मदेवी नगरपालिका मेयर र उपमेयरमा काँग्रेसले मेयर जितेको थियो ।

पाँचखपन नगरपालिका

पाँचखपन नगरपालिकामा समेत पाँच दलीय गठबन्धन अगाडी देखिएको छ । २०७४ को निर्वाचनमा एमाले ३ हजार ३ सय ३० मत, काँग्रेस ३ हजार ४ सय ९ मत र माओवादी ५ सय १० मत पाएको थियो । पाँचखपन नगरपालिकामा २०७४ को स्थानीय तहको निर्वाचनमा मेयर मात्र काँग्रेसले जितेको थियो । २०७४ मत परिणाम अनुसार पाँचखपनमा ५ सय ८९ मतले गठबन्धन अगाडी देखिएको छ । पाँचखपन नगरपालिका मेयरमा गठबन्धन तर्फका उम्मेदवार नेपाली विपीन राई र र उपमेयरमा नेकपा एकीकृत समाजवादी बाट सुमना श्रेष्ठ रहेका छन् ।

सभापोखरी गाउँपालिका

सभापोखरी गाउँपालिकामा समेत पाँच दलीय गठबन्धन अगाडी देखिएको छ । २०७४ को स्थानीय तह निर्वाचन मत परिणाम अनुसार एमाले २ हजार ६० मत, काँग्रेस २ हजार ३ मत र माओवादी २ सय ८५ मत ल्याएको थियो । २०७४ मत परिणाम अनुसार सभापोखरी २ सय १ मतले गठबन्धन अगाडी देखिएको छ । सभापोखरी गाउँपालिका नेपाली काँग्रेसका अध्यक्षमा भिम बहादुर लिंखा र उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीकी लक्ष्मी चापागाई रहेका छन् ।

भोटखोला गाउँपालिका

२०७४ को स्थानीय तह निर्वाचन मत परिणाम अनुसार भोटखोला गाउँपालिकामा समेत गठबन्धन अगाडी देखिएको छ । २०७४ को स्थानीय तह निर्वाचन मत परिणाम अनुसार एमाले १ हजार २ सय २६ मत, काँग्रेस १ हजार ३ सय ७७ मत र माओवादीले १ सय ८८ मत ल्याएको थियो । २०७४ मत परिणाम अनुसार भोटखोलामा ३ सय २९ मतले गठबन्धन अगाडी देखिएको छ । भोटखोलामा गाउँपालिका अध्यक्षमा गठबन्धन तर्फका उम्मेदवार चुङदाक भोटे र उपाध्यक्षमा नेपाली काँग्रेसका डुक्पा भोट रहेका छन् ।

मकालु गाउँपालिका

२०७४ को स्थानीय तह निर्वाचन मत परिणाम अनुसार मकालु गाउँपालिका गठबन्धन अगाडी देखिएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा एमाले १ हजार ७ सय १२ मत, , काँग्रेस ९ सय ५ मत र माओवादीले ८ सय ३४ मत ल्याएको थियो । २०७४ स्थानीय तहको मत परिणाम अनुसार मकालुमा ७७ मतले गठबन्धन अगाडी देखिएको छ ।

मकालु गाउँपालिका अध्यक्षमा गठबन्धन तर्फका उम्मेदवार नेपाली काँग्रेसका ओङदी शेर्पा र उपाध्यक्षमा माओवादीकी मनकला राईको उम्मेदवारी परेको छ । त्यस्तै गरी २०७४ को स्थानीय तह निर्वाचन मत परिणाम अनुसार सिलिचोङ गाउँपालिकामा पाँच दलीय गठबन्धनको १ हजार ९ सय ५ मत, चिचिला गाउँपालिका १ हजार ५ सय २६ मतले गठबन्धन अगाडी छ । सिलिचोङ र चिचिला गाउँपालिकामा भने गठबन्धनका दलहरुबीच नै मित्रवत प्रतिस्पर्धा हुनेछ । जिल्लाभर ७६ वडाहरुमा रहेका छन् । तीमध्ये ६० वटा वडा मात्र भागवण्डा भएको छ । जसमा काँग्रेसलाई ४६ वडा, माओवादी ६ वडा र एकिकृत समाजवादीलाई ५ र ३ वटा वडा जनता समाजवादी पार्टीको भागमा परेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 493 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

शिक्षक आन्दोलनले शिक्षालाई ठुलो क्षति पुर्‍याउँछ: कांग्रेस महामन्त्री थापा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
ललितपुर महानगरमा पुरानै उम्मेद्वार, जित्नेमा दुवै ढुक्क