चुनावमा ६ करोड खर्च गरेका शशांक कोइरालाले आयोगमा बुझाएका थिए २१ लाखको खर्च विवरण


काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले गत निर्वाचनमा आफूले ६ करोड रुपैयाँ खर्च गरेको बताएपछि निर्वाचनमा उम्मेदवारले गर्ने खर्चका ’boutमा चर्चा भएको थियो । निर्वाचन महँगो हुँदै गएको बताउँदै उनले ६ करोड खर्च भएको कोइरालाले बताएसँगै निर्वाचन आयोगले उनीसँग स्पष्टीकरण मागेको थियो ।

६ करोड खर्च भएको दाबी गरेका कोइरालाले निर्वाचन आयोगमा बुझाएको विवरणमा भने करिब २२ लाखमात्र खर्च गरेको उल्लेख छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित कोइरालाले यसअघिको निर्वाचनमा पेस गरेको निर्वाचन खर्चको विवरणमा २१ लाख ७५ हजार रुपैयाँ पेस गरेको आयोगले जनाएको छ । तर उनले उक्त निर्वाचनमा आफूले ६ करोड रुपैयाँ खर्च गरेको भनि दिएको अभिव्यक्तिमा माथि आयोगले चित्तबुझ्दो जवाफ माग गरेको थियो ।

आयोगले भनेको छ, ‘कोइरालाले दिएको अभिव्यक्ति आचारसंहिताको मूलआधार माथिनै अनास्था पैदा हुने देखिएकोले अब आइन्दा यस्ता अभिव्यक्ति नदिन सचेत गराउँदै र उक्त जानरकारी सम्बन्धित व्यक्तिलाई दिइ सम्बद्ध राजनीतिक दललाई जानकारी दिने निर्णय आयोगले गरेको छ ।’

त्यस्तै आयोगले तोकेको भन्दा बढी खर्च भएको, निर्वाचनमा खर्चको गलत विवरण बुझाएको भन्ने अभिव्यक्ति दिएका गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई पनि आचारसंहिता कार्यान्वयनप्रति सचेत गराएको आयोगले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 268 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

वेस्ट इन्डिज ए सँग नेपाल १० रनले पराजित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनले संयुक्त चुनावी सभा गर्न नसक्नुकाे कारण यस्ताे छ