इलाम । इलाम नगरपालिका ८ सिङफ्रिङकी बिनिता काफ्लेको हत्यामा संलग्न रहेको भन्दै सोही ठाउँका देवेन्द्र रिमाललाई प्रहरीले पक्राउ गरेको छ । काफ्लेका दाजुले प्रहरीमा किटानी जाहेरी दिएपछि स्थानिय र प्रहरीको टोलीले खोजी गर्ने क्रममा २० गते महभिरको जंगलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी गंगाबहादुर थापाका अनुसार मृतक बिनिता र अभियुक्त रिमालबिच बिगत १० वर्ष देखी चिनजान रहेको र ३ वर्षयता घनिष्ट सम्वन्ध रहेको अनुसन्धानबाट खुलेको प्रहरी सूचना अधिकारी थापाले जानकारी दिए ।
मृतक बिनिता र रिमालबिच शारिरिक सम्वन्ध समेत रहेका कारण महिलाले बिहे गरेर लैजानु पर्ने बताएपछि रिमालले बिनिताको हत्या गरेको प्रारम्भिक बयानबाट खुलेको प्रहरी अधिकारी थापाको भनाई छ ।
बिनिताको श्रीमानको दुई बर्ष अघि मात्र बिदेशमा मृत्यु भएको परिवाको भनाई छ । उनीहरुका चार वर्षिय एक छोरी रहेको र हाल मामाघरमा बस्दै आएको बताईएको छ । मृतक र अभियुक्तबिच आर्थिक लेनदेन समेत हुने गरेको थियो । बिनिता १५ गते माइत जाने तयारी भएपछि अघिल्लो दिन नै रिमालले उनको हत्या गरेको बताइएको छ ।
त्यस्तै, इलाम देउमाई नगरपालिका ७ का सन्तोसवाला राईको हत्या अभियोगमा सोहि ठाउँका भुपेन राई र चन्द्र राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गएको १६ गते शुक्रबार देउमाई ७ चुली गाउँ स्थित पुर्ण बहादुर दहालको भिरालो जमिनमा सन्तोष वाला राईको शब फेला परेको थियो । खोजी गर्ने क्रममा प्रहरीले सन्तोषवालाको हत्यामा सम्लग्न भएको भन्दै भुपेन र चन्द राई दाजुभाईलाई पक्राउ गरेको छ । सूचना अधिकारी थापाका अनुसार मदिरा सेवन गरेर सन्तोषको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सन्तोषको भुपेन र चन्द्रले ढुंगा प्रहार गरी हत्या गरेको बताइएको छ । दुई ब्यक्ति सहित हत्यामा प्रयोग भएको ढुंगा समेत जिल्ला प्रहरी कार्यालय इलाममा ल्याइएको छ ।
मृतककी श्रीमती सिता राईले बैशाख १७ गते घटनामा संलग्न भएको भन्दै कर्तब्य ज्यान सम्वन्धी किटानी समेत दिएपछि प्रहरीलाई पनि अनुसन्धानमा सहज भएको थियो । दुबै घटनामा सम्लग्नहरुलाई म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको इलामका प्रहरी प्रमुख महेन्द श्रेष्ठले जानकारी दिए ।






