एनसेलले ल्यायो चुनाव लक्षित अफर

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले स्थानीय चुनावलाई ध्यानमा राख्दै आकर्षक बोनस डेटा अफर ल्याएको छ । यस अफरमा ग्राहकले एनसेल एपमार्फत आफ्नो ब्यालेन्स रिचार्ज गर्दा बोनसस्वरूप ५० एमबीदेखि ५ सय एमबी डेटा प्राप्त गर्न सक्दछन् ।

यो अफर वैशाख २३ गतेबाट लागू भइसकेको छ । जसअन्तर्गत एपबाट एनसेल एपबाट ब्यालेन्स रिचार्ज गर्ने प्रत्येक ग्राहकले आफूले रिचार्ज गरेको रकमको आधारमा बोनस डेटा पाउँछन् ।

एपमार्फत ५० देखि ९९ रिचार्ज गर्ने ग्राहकले १ दिनका लागि मान्य हुने ५० एमबी डेटा पाउँछन् । सयदेखि १ सय ९९ सम्मको रिचार्जमा ३ दिन समयसीमा भएको २ सय एमबी डेटा पाउँछन् । त्यसैगरी २ सय वा सोभन्दा माथिको रिचार्जमा ग्राहकले ५ सय एमबी डेटा पाउँछन् ।

नयाँ बोनस डेटा अफर र अन्य विद्यमान अफर जस्तै कम्बो प्याक, गज्जबको दैनिक जीबी प्याक र अल–नेट भ्वाइस प्याकले ग्राहकलाई सुलभ दरमा डेटा र भ्वाइस सेवामा पहुँच सुनिश्चित गर्दछ ।

डेटा र भ्वाइस दुवै सेवा चाहिने ग्राहकका लागि कम्बो प्याक रहेको छ जसमा ५ जीबी डेटा भोल्युम र १ सय मिनेट अल नेट टक टाइम पाइन्छ । यसमा पाइने टक टाइमबाट नेपालका अन्य जुनसुकै सेवा प्रदायकको नम्बरमा फोन गर्न सकिन्छ । करसहित १६८ पर्ने यो प्याक एस्ट्रिक्स १ लाख ७ हजार १ सय २३ एस्ट्रिक्स १ ह्यास डायल गरी सजिलै लिन सकिन्छ ।

भ्वाइस सेवा मात्र चाहिने ग्राहकले मात्र ९४ मा ७ दिनका लागि मान्य १ सय ५० मिनेटको अल नेट भ्वाइस प्याक लिन सक्छन् । एनसेलका प्रिपेड प्रयोगकर्ताले एस्ट्रिक्स १७ हजार १ सय १८ एस्ट्रिक्स ३ एस्ट्रिक्स ३ ह्यास डायल गरी यो भ्वाइस प्याक लिन सक्छन् ।

दैनिक रूपमा डेटा चाहिने प्रिपेड ग्राहकका लागि गज्जबको दैनिक जीबी प्याकको विकल्प पनि रहेको छ । यसमा ग्राहकले मात्र १सय २९ मा ७ दिनका लागि दैनिक १ जीबी डेटा भोल्युम लिन सक्छन् ।

तपाइको प्रतिक्रिया
(Visited 233 times, 1 visits today)

epaper

ताजा समाचार

सप्तरीमा एउटा फेला पर्दा अर्को बेपत्ता