सिटौला र उपाध्यायलाई ‘नई अन्तर्राष्ट्रिय पुरस्कार’

काठमाडौं । नइ प्रकाशनले २०७८ सालको अन्तर्राष्ट्रिय पुरस्कार दुई जनालाई दिने निर्णय गरेको छ । प्रकाशनले ‘नई देरुनिख अन्तर्राष्ट्रिय पुरस्कार’ अमेरिकाका प्रा.मोहन सिटौलालाई समर्पण गर्ने निर्णय गरेको छ । नेपाली वाङ्मयको श्रीवृद्धिका लागि सिर्जना र संगठनमार्फत निरन्तर जागरुक र समर्पित हुँदै नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारमा महत्वपूर्ण योगदान पु¥याएबापत यो पुरस्कार प्रदान गर्न लागिएको आयोजक संस्थाले जनाएको छ ।

नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसार्इंको अध्यक्षतामा बसेको नई प्रकाशनको बैठकले सो निर्णय गरेको हो । उनलाई ताम्रपत्रका साथ २ लाख रुपैयाँ प्रदान गरिने भएको छ ।

यस्तै, नई प्रकाशनले यस वर्षको ‘नई गणेश दुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ भारत असमका श्री छविलाल उपाध्यायलाई समर्पण गर्ने निर्णय गरेको छ । ताम्रपत्रका साथ यस पुरस्कारको राशि १ लाख रुपियाँ रहेको छ ।

समालोचना, कविता, निबन्ध, नाटक, अनुवाद आदि सिर्जनाद्वारा नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि महत्वपूर्ण योगदान पु¥याएको भन्दै उनलाई यो पुरस्कार प्रदान गर्न लागिएको सो संस्थाले जनाएको छ । केही समयपछि एक कार्यक्रमबीच यी दुईलाई पुरस्कृत गरिने भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 546 times, 1 visits today)

epaper

ताजा समाचार

बलिउड कलाकार जसले अन्तर धार्मिक विवाह रोजे