एसईई परीक्षामा बागलुङबाट ५ हजार विद्यार्थी सहभागी हुने

बागलुङ । माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईई परीक्षामा बागलुङ जिल्लाबाट झन्डै पाँच हजार बढी परीक्षार्थी सहभागी हुने भएका छन् । आगामी चैत ६ गतेबाट शुरू हुने यस वर्षको एसईई परीक्षामा जिल्लाबाट ५ हजार १७८ छात्रछात्रा सहभागी हुने भएका हुन् ।

जसमध्ये २० जना बहिरा र दुई जना दृष्टिविहिन परीक्षार्थीले इसईई परीक्षा दिँदै छन् । जिल्लाकै एक मात्र बहिराले अध्ययन गर्ने विद्यालय धौलागिरी बहिरा आवासीय विद्यालयका कान नसुन्ने २० जना र जनताधन माविका एक जना छात्र र एक जना छात्रा गरी दुई जना फरक क्षमता भएका विद्यार्थी एसईईको परीक्षा दिन थालेका हुन् ।

यस वर्ष परीक्षामा जिल्लाका १०५ सामुदायिक विद्यालयका ४ हजार ३९५ , ३२ वटा निजी विद्यालयका ७८३ गरी कुल ५ हजार १३७ विद्यालयकाका विद्यार्थी परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई बागलुङका प्रमुख कुश्मराज उपाध्यायले जानकारी दिए ।

परीक्षामा सामुदायिक विद्यालय तर्फ २ हजार ६५ छात्रा र २ हजार ३३० छात्रा सहभागी हुने छन भने संस्थागत तर्फ ४ सय २१ छात्र र ३ सय ६२ छात्राले सहभागी हुने छन् । परीक्षामा ग्रेडवृद्धिका लागि १८८ र खुल्ला तर्फ ५० जना परीक्षार्थी परीक्षामा सहभागी हुने उनले बताए । प्राविधिक धारतर्फ १ सय २३ जना परीक्षार्थी परीक्षामा सहभागी हुनेछन् ।

जिल्लामा ३१ वटा परीक्षा केन्द्र तोकिएको छ । परीक्षालाई मर्या्दित बनाउन अनुगमन तथा व्यवस्थापनलाई प्रभावकारी बनाइएको छ । सबै विद्यार्थीको सिम्बोल नम्बर कायम गरिएको छ । सबै परीक्षा केन्द्रमा उत्तर पुस्तिका पठाई सकेको इकाई प्रमुख उपाध्यायको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 349 times, 1 visits today)

epaper

ताजा समाचार

पूर्व अर्थमन्त्री विष्णु पौडेलविरुद्ध मुद्दा दायर, २० करोड ९० लाख बिगो दाबी