विवेकशील साझाले भन्याे : हामी अत्यन्तै दुःखी छाैँ

काठमाडाैं । विवेकशील साझा पार्टीले स्थानीय तहकाे निर्वाचनमा पार्टीको नतिजा अपेक्षाकृत आउन नसकेकोमा अत्यन्तै दुःखी भएकाे बताएकाे छ ।

पार्टी प्रवक्ता शरदराज पाठकले साेमबार विज्ञप्ति जारी गर्दै सिकाइका आधारमा केही निर्मम समीक्षा र निर्णय हुने बताएका हुन् ।

विवेकशील पराजितका विषयमा टिकाटिप्पणी भइरहेका बेला पाठकले भनेका छन्, ‘कतिपय टिप्पणीकार तथा सञ्चारमाध्यमहरूले पार्टीको अत्यन्तै कमजोर नतिजामा पार्टीले केही समयअघि अंगिकार गरेको “विचारभन्दा माथि देश” दस्ताबेजको भूमिका रहेको विश्लेषण गरिरहेका छन्। अहिले मात्र होइन, सो दस्ताबेज नआउँदै र पार्टीमा कुनै वैचारिक विवाद नहुँदै २०७६ सालमा भएको उपनिर्वाचनमा पनि पार्टीले यस्तै कमजोर नतिजा भोग्नु परेको थियो, जुन सोचनीय विषय छ ।’

उनले वैचारिक उथलपुथल र कमजोरीका बाबजुद इमानदारी, देशभक्ति र समाज रूपान्तरणको दृढता कहिल्यै नगुमाएकाे दाबी गरेका छन् ।

‘अरू कयौँ पार्टीहरूले पैसाको खोलो बगाइरहँदा, पार्टीबाट एक पैसा सहयोग नहुने स्पष्ट हुँदाहुँदै पनि परिवर्तनको आकाङ्क्षाले आँट गरेर चुनावमा होमिनु भएका पार्टीका सम्पूर्ण उम्मेदवारहरूप्रति पार्टी अत्यन्तै आभारी छ,’ विज्ञप्तिमा भनिएकाे छ ।

तपाइको प्रतिक्रिया
(Visited 411 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘दुर्बासा’ पत्रकार !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मादी गाउँपालिकामा कांग्रेसका देवीजंग निर्वाचित