जित्ने र हार्ने दुवै विजय उत्सवमा


गुल्मी । मदाने गाउँपालिकामा निर्वाचन जित्ने र हार्ने दुवै विजय उत्सवमा सहभागि भएका छन् । पाँच दलीय गठबन्धनको तर्फबाट निर्वाचनमा सफलता हाँसिल गर्ने र पराजित हुने दुवै विजय -यालीमा सहभागि हुँदै मतदातालाई धन्यवाद् दिएका छन् ।

गठबन्धनको तर्फबाट काँग्रेसका महेन्द्र कुँवरले एमालेका प्रेम केसीलाई १० मतान्तरले पराजित गर्दै पालिका अध्यक्षमा निर्वाचित भए । तर गठबन्धनबाटै माओवादी केन्द्रका वेगम चन्द उपाध्यक्षमा ३५६ मतान्तरले पराजित भए । विजय उत्सवमा कार्यकर्ताले दुवैलाई टिका, खादा र माला लगाइदिएका छन् । पराजित चन्दलाई चार हजार २११ मत आएको थियो भने एमालेकी सरिता खड्कालाई चार हजार पाँच सय ६७ मत प्राप्त भएको थियो ।

‘मैले प्राविधिक कारणले मात्रै निर्वाचन हारेको हुँ, मेरो पक्षमा धेरै मतदाता हुनुहुन्छ ।’ चन्दले भने, ‘मैले हारेर पनि जितेको छु र हारभित्र जित मिसिएकोले कार्यक्रतासँगै विजय ¥यालीमा सहभागि भएको हुँ ।’ मदानेमा आफ्नो पक्षका एक हजार ४५० मत मतदाता शिक्षाको कारण बदर भएको चन्दको दाबी छ ।

तपाइको प्रतिक्रिया
(Visited 328 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसद्का कर्मचारीको आन्दोलनवारे अर्थमन्त्रीसँग भएको छलफल निष्कर्षविहीन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
शीर्ष नेता को कहाँबाट मतदान गर्दै ?