Tuesday, April 7, 2020
Home प्रमुख पोर्चुगलमा कोरोनाबाट नेपाली सङ्क्रमित

पोर्चुगलमा कोरोनाबाट नेपाली सङ्क्रमित

लिस्बन । पोर्चुगलको फारोमा कृषि मजदुरका रुपमा ग्रामीण इलाकामा काम गर्ने एक नेपाली नागरिकलाई कोरोना सङ्क्रमण भएको छ ।

फारो नगरपालिकाका प्रमुख रोगिरियो बाकलहाउले सो घटनाको पुष्टि गरेको हो । नेपालीमा कोभिड– १९ पुष्टि भएपछि सङ्क्रमण फैलन नदिन उनीसंँगै काम गर्ने र उनको सम्पर्कमा भएका अन्यको आइतबार व्यापक खोजी गरिएको थियो । यसै क्रममा सङ्क्रमित नेपालीसंँगै बस्ने, सँंगै काम गरेका र सम्पर्कमा भएका ७४ नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ ।

फारोका प्रमुखका अनुसार स्वास्थ्य निर्देशनालयको मस्यौदाले कोरोना सङ्क्रमित नेपालीसहित अन्य नयाँ बिरामीको पुष्टि भएको हो । कोरोना सङ्क्रमित कृषि मजदुर नेपाली नागरिक भएको पुष्टि भए तापनि उनको नाम र उमेरबारे केही खुलाइएको छैन । नेपाली कन्सुलर मकरबहादुर हमालले ७४ नेपालीलाई क्वारेन्टाइनमा राखिएको र एक नेपालीलाई सङ्क्रमित भएको स्थानीय समाचार माध्यमले जनाएपछि सोबारे कूटनीतिक पहल गरिने बताए ।

उनले सम्पूर्ण नेपालीलाई सुरक्षित रहन अनुरोध पनि गरे । उनका अनुसार कोरोना सङ्क्रमित ती नेपाली कति मानिससँग काम गर्छन्, कहाँ र कोसँग बस्छन्, उनको सम्पर्कमा को को कति जना मान्छेहरु रहेका थिए भन्नेबारे अनुसन्धान भइरहेको छ । कोरोनाबाट अन्यलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने उपाय पनि अवलम्बन गरिनेछ ।

फारोका प्रमुखले स्थानीयवासीलाई घरमै रहन, धेरै मानिस भएका ठाउँमा नजान, क्याफेमा नजान र भेला नहुन तथा र सरकार र सरकारी अधिकारीको निर्देशनलाई पालना गर्न आग्रह गरेका छन् । पोर्चुगलमा पछिल्लो समयमा २७६ जना कोभिड –१९ बाट सङ्क्रमित भएको बताइएको छ ।

(Visited 121 times, 1 visits today)
Loading comments...

HAMRO PATRO

प्रमुख

कोरोनाको कहर यता पनि : ऐतिहासिक बिस्केट जात्रा पहिलो पटक रोकियो

भक्तपुर । विश्व र नेपालमा पनि विभिन्न क्षेत्र र समुदायलाई कोरोना भाइरसको सङ्क्रमणले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर गरिरहेको छ ।...

कक्षा ११ र १२ को परीक्षा स्थगित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ र ११ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । मंगलबार दिउँसो बसेको परीक्षा बोर्डको...

एम्बुलेन्स चालकलाई व्यक्तिगत सुरक्षा सामग्री

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लामा सञ्चालन हुने एम्बुलेन्स चालकहरुका लागि निःशुल्क रुपमा व्यक्तिगत सुरक्षा स्वास्थ्य सामग्री हस्तान्तरण...

लकडाउन अवधिभर पुरानै सवारी पास मान्य हुने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौले यस अघि जारी गरेको सवारी पासलाई नै लक डाउन अवधिभर मान्यता दिने निर्णय गरेको छ...

भर्खरै

आमाको मृत्यु भएको भनी पास लिएपछि…..

काठमाडौं । आफूलाई जन्म दिने बुबाआमाको विषयमा हत्तपत्त जो कोहीले झुठो बोल्दैनन् । त्यही बुबाआमालाई ढाल बनाएर झुटा विवरण पेश गरी फाइदा...

आइसोलेशन वार्डबाट भागेकी कोरोना आशंकित महिला प्रहरी नियन्त्रणमा

जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेशनबाट फरार भएकी महिलालाई प्रहरीले धनुषाको सपहीबाट नियन्त्रणमा लिएको छ । ...

कोरोनाको कहर यता पनि : ऐतिहासिक बिस्केट जात्रा पहिलो पटक रोकियो

भक्तपुर । विश्व र नेपालमा पनि विभिन्न क्षेत्र र समुदायलाई कोरोना भाइरसको सङ्क्रमणले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर गरिरहेको छ ।...

भारतमा कोरोनाबाट मङ्गलबार बिहानसम्म ११४ को मृत्यु

एएनआई । भारतमा कोरोनाको सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या बढ्न थालेको छ । मङ्गलबार बिहानसम्म यसबाट ज्यान गुमाउने नागरिकको संख्या ११४...

धेरै पढिएका

ई-पेपर

(Visited 25 times, 1 visits today)