बालुवाटार जग्गा प्रकरणमा मुछिए प्रदेश २ का दुई सचिव

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार विशेष अदालतमा दर्ता गरेको काठमाडौँको ललिता निवास जग्गा प्रकरण सम्बन्धी भ्रष्टाचार मुद्दामा प्रदेश २ का दुई जना सचिव परेपछि कामकाज प्रभावित भएको छ ।

प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव शंकर प्रसाद सुवेदी र सोही कार्यालयका अर्का सचिव तेजराज पाण्डे निलम्बनमा परेका छन् । दुबै सचिवको कोठा अगाडिको नेमप्लेट हटाइएको छैन । दुबैजना बाहिर रहेको नेमप्लेटमा लेखिएको छ ।

मुख्यमन्त्री कार्यालयका अनुसार दूबै सचिवले गर्ने कार्यहरु रोकिएको छ भने प्रमुख कार्यहरु प्रदेशका प्रमुखसचिव रामकृष्ण सुवेदीले गरिरहेका छन् ।

निलम्बनमा परेका दूबैजना नेपाल सरकारमा सहसचिव रहेपनि प्रदेश २ मा उनीहरु सचिव पदमा कार्यरत्त थिए ।अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेसँगै सुवेदी र पाण्डेपनि निलम्बनमा परेका छन् ।

अख्तियारले सुवेदी बिरुद्ध ९ करोड, ६५ लाख ७६ हजारको बिगो सहितको मुद्दा दर्ता गरेको छ । सुबेदी भूमिसुधार कार्यालयका भूमिसुधार अधिकार रहेको बेला ललिता निवास जग्गामा भ्रष्टाचार गरेको आरोप अख्तियारले लगाएकोछ ।मुद्दा दर्ता भएसँगै सुवेदीपनि निलम्बनमा परेका छन् ।

त्यसैगरी पाण्डेविरुद्ध ७ करोड ८ लाख ४८ हजार बिगो सहितको मुद्दा दर्ता गरिएकोछ । पाण्डे भूमिसुधार तथा व्यवस्था मन्त्रालयमा सहसचिव पदमा कार्यरत्त रहेको बखत सो जग्गा सम्बन्धी निर्णयमा सहभागि भएका थिए ।

सुवेदी प्रदेश २ मा आएको ६ महिना र पाण्डेलाई २ महिना भएको थियो । प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा अब फेरी सचिवको कमी भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 391 times, 1 visits today)

epaper

ताजा समाचार

जापानले नेदरल्यान्ड्सले हराउन सक्ला ?