काठमाडौं । काठमाडौं महानगरपालिकामा नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्षसहित सदस्यले आज सपथ लिएसँगै पदबहाली गरेका छन् । काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बोलेन्द्र साह र उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सुनिता डङ्गोल निर्वाचित भएकी हुन् । प्रमुख उपप्रमुखसहित कामपाको ३२ वडामा १ सय ६२ जनप्रतिनिधि हुनुपर्ने भए पनि वडा २४ र २५ मा दलित महिला सदस्यको उम्मदवारी नपरेको हुनाले यस पटक कामपामा १ सय ६० जनप्रतिनिधि छन् ।
कामपाको ३२ वडामध्ये १९ मा नेपाली कांग्रेसका उम्मेदवार अध्यक्ष पदमा विजय भएका हुन् भने १२ वडामा एमालेको उम्मेदवार अध्यक्ष पदमा विजय भएका छन् । वडा नम्बर १५ मा एकीकृत समाजवादीको उम्मेदवार विजयी भएका थिए ।








तपाइको प्रतिक्रिया
(Visited 405 times, 1 visits today)






