चलचित्र निर्देशनमा सरोज खनाल

काठमाडौं । अभिनयमा तीन दशक भन्दा लामो समय बिताएका अभिनेता सरोज खनालले चलचित्र निर्देशनमा उत्रिएका छन् । उनले नयाँ चलचित्र ‘बगान’बाट आफ्नो निर्देशन यात्रा सुरु गर्न लागेका छन् । यो चलचित्रको आइतवार काठमाडौंको चाबहिलस्थित चलचित्र विकास बोर्डको हलमा एक समारोहबीच निर्माण घोषणा गरियो ।

आफुले अहिलेसम्म चलचित्रमा काम गरेको अनुभवको आधारमा यो चलचित्रको निर्देशन सुरु गरेको खनालले कार्यक्रममा बताए,‘मेरो फिल्मले व्यापारमा रेकर्ड नराख्ला, तर नेपालमा यति राम्रो पनि फिल्म बन्छ भनेर गर्व गर्न लायक फिल्म चाहिँ बनाएको छु । फिल्म हेरेर हलबाट निस्कँदा एकपटक मान्छेहरू सोच्न बाध्य हुनेछन् ।’ उनले आफूले निर्देशन गरेको फिल्मले समाज परिवर्तनमा ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

सरोज खनालका अनुसार चलचित्रको निर्माण आगामी दशैंमा सम्पन्न हुनेछ । पहिला अमेरिका लगायतको मुलुकमा यो चलचित्र रिलिज गरेपछि बल्ल बगानलाई नेपालमा प्रदर्शनी गरिने भएको छ ।

यो चलचित्रमा करिश्मा मानन्धर, नीर शाह, बसुन्धरा भुषाल, मिथिला शर्मा, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला काकीयाँगै सरोजको मुख्य भूमिका रहेको छ ।

यो चलचित्रको छायाँकन ९० प्रतिसत सम्पन्न भएको नव निर्देशक सरोज खनालले बताएका छन् । आईतबार चलचित्रको घोषणा समारोहमा चलचित्र बगानको ‘तिम्रो सुन्दर आँखा’ गीत र यो चलचित्रको टिजर सार्वजनिक गरियो । सार्वजनिक गीतमा सुरेश वाग्लेको शब्द, सुभाष भुषालको संगीत छ भने सुगम पोखरेल र अस्मिता अधिकारीले स्वर रहेको छ । यो गीतको भिडियोमा आकाश श्रेष्ठ र नव अभिनेत्री प्रमिला कार्कीको अभिनय छ ।

चलचित्रको निर्माण घोषणा समारोहमा बोल्दै अभिनेता आकाश श्रेष्ठले सरोज खनाल जस्तो कलाकारको निर्देशनमा काम गर्न पाउँदा धेरै कुरा सिक्ने अबसर पाएको बताए ।

कार्यक्रममा नव अभिनेत्री प्रमिला कार्कीले पहिलो चलचित्र नै सरोज खनाल जस्तो लोकप्रिय कलाकारसँग काम गर्न पाउँदा आफुलाई गर्व लागेको बताए ।

यो चलचित्रलाई सुरेश वाग्लेले निर्माण गर्दैछन् । सरोज खनालले बगानको कथालाई न्याय दिन सक्ने भएकाले आफुले यो चलिचत्रको निर्देशन जिम्मेवारी खनाललाई दिएको वाग्लेले बताए । एक दशक भन्दा लामो समयदेखि अमेरिकामा बस्दै आएका गीतकार वाग्लेले अबका दिनमा चलचित्र निर्माणलाई निरन्तता दिने बताएका छन् ।

यो चलचित्रमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहालको छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन, सुवास भुसालको संगीत हुने छ ।

कार्यक्रममा प्रध्यापक महेश पौडेलले लोकार्पित पुस्तक अन्ततः यन्त्रणा माथी समिक्षा गर्दै सुमन वर्षाले धेरै प्रश्न राखेको बताए । पुस्तक वर्तमान नारीको समवेदना प्रति केन्द्रित रहेको धारणा राखे,‘छोरा र छोरी जन्मिनु प्राकृतिक कुरा हो । यसमा नारीको मात्र होइन पुरुष पनि उत्तिकै जिम्मेवार छ र यसलाई विभेदलाई विषय बनाउनु हुन्न।’

त्यसैगरी अर्का समिक्षक अनुपमा रेग्मीले उपन्यास हाम्रो घरको गाउँको कथा जसमा महिलाले महिलाको सामाजिक अवस्थाको सुन्दर वर्णन उपन्यास रहेको बताईन् । यो उपन्यास सबैलाई पढन सिफारिस गर्दै उनले समाजको एउटा फरक पाटोको कथा यो उपन्यासले उठाएको छ भनिन् ।

अग्रज साहित्यकार भुवन ढुङ्गानाले नारी विषयमा समेटिएको यस उपन्यासमा जति पुस्ता आए पनि नारीका पीडाहरू उस्तै रहेका र महत्वपूर्ण विषयवस्तुको उठान यसमा गरिएको बताईन् । रोशन थापा निरवद्वारा सम्पादित ३६५ पेज रहेको पुस्तरको मूल्य ५२५ रुपैयाँ राखिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 715 times, 1 visits today)

epaper

ताजा समाचार

आजको विदेशी मुद्रा विनिमयदर : कुन देशको कति ?