फोहोरमैला व्यवस्थापनको जिम्मा आफूलाई दिन रामबीरकाे आग्रह

काठमाडाैं । सांसद रामबीर मानन्धरले काठमाडौंको फोहोरमैला व्यवस्थापनको जिम्मा आफूलाई दिन आग्रह गरेका हुन् ।

‘काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार हुन मैले आकांक्षा गरेको थिएँ, तर म उम्मेदवार बन्न पाइनँ । फोहोरमैलाले अहिले काठमाडौं अस्तव्यस्त ध्वस्त भइरहेको छ । सरकारसँग सभामुखमार्फत एउटा माग राख्न चाहन्छु, मेरो अध्यक्षमा फोहोरमैला व्यवस्थापन संसदीय समिति निर्माण गरियाेस्’, उनले संसदमा बाेल्दै भने ।

काठमाडौंको फोहोर व्यवस्थापन आफुले मात्रै गर्न सक्ने उनको दाबी छ । स्थानीय तहका जनप्रतिनिधि निर्वाचित भएको एक महिना वितिसकेको तर, फोहोरको समस्या झन दिनप्रतिदिन बढ्दै गएको उनको भनाइ छ । वर्तमान सरकार बनेको पनि एक वर्ष भएको भन्दै फोहोर व्यवस्थापन गर्नका लागि एउटा इच्छा शक्ति भएको व्यक्ति चाहिएको र त्यो व्यक्ति आफू भएको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 93 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमा ‘सिट’ हिसाब किताब, कांग्रेस ६०-४० को पक्षमा

कुरी-कुरी