काठमाडौं । नेपाल चलचित्र पत्रकार संघ अध्यक्षमा दिनेश सिटौला निर्वाचित भएका छन् । काठमाडौंमा सोमबार सम्पन्न निर्वाचनमा प्रतिद्वन्द्वी डब्बु क्षत्रीभन्दा ३१ मतले अघि रहेका सिटौलाले ७० मत ल्याएका थिए ।
यसैगरी, उपाध्यक्ष (कार्यक्रम)तर्फ जीवन पराजुलीले ७४ मत प्राप्त गरेका छन् ।
उपाध्यक्ष पदकै (संगठन) तर्फ कुवेर डंगोल र महिला उपाध्यक्षमा दीपज्योति थापा निर्वाचित भएका छन् ।
त्यस्तै, महासचिवमा समीर बलामी, सचिव (खुल्ला) तर्फ रघुनाथ सापकोटा, सचिव (जनजाति)तर्फ विशाल राई, कोषाध्यक्षमा प्रदीप कार्की र सहकोषाध्यक्षमा विनोद पोखरेल विजयी भएका छन् ।
संघ सदस्यमा मिलन ढुंगाना, नवीन गिरी, गणेश ओली ‘आशिष’, सृष्टि पोखरेल, सुरक्षा भट्टराई (महिला), मनिषा दाहाल ‘अञ्जान’, गोपीकृष्ण चापागाईं र दीपक गुरुङ (समावेशी) विजयी भएका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 336 times, 1 visits today)






