तनहुँमा चितुवाको आक्रमणबाट २१ महिने शिशु गम्भीर घाइते

तनहुँ । जिल्लाको शुक्ला गण्डकी न.पा. (३ बनकेवा बस्ने नारायण न्यौपानेको २१ महिनाको छोरी संकृति न्यौपानेलाई आफ्नै घरमा खेलिरहेको अवस्थामा चितुवाले आक्रमण गरी गम्भीर घाइते बनाएको छ ।

गम्भीर घाइते न्यौपानेको पेट र साप्रामा चितुवाले चिथोरेको छ । गम्भीर घाइते भएकी बालिकाको उपचारका लागि तनहुँ सेवा अस्पताल दुलैगौडा लगिएकोमा थप उपचारको लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पोखरा पठाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।

उनका अनुसार आमाले बाथरुममा कपडा धुने क्रममा रहेकी छोरीलाई जंगलबाट आएको चितुवाले आक्रमण गरेको थाहा पाएपछि हारगुहार गरी चिच्याउन थालेपछि आमाले छोरीलाई तानेर बचाउन सफल भएकी थिइन् ।

यसैगरी गत पुस १३ गते पनि सोहि वडाको वनकेवा रातमाटाका राजु नेपालीको २२ महिने छोरा रविन नेपालीलाई घरकै पिढीँबाट चितुवाले आक्रमण गरी लगेको थियो । भोलिपल्ट घरभन्दा एक किलोमिटर पर ढाङढुङे ठूलोपाखा श्यामपोखरी सामुदायिक वनमा बालकको शव क्षतविक्षत अवस्थामा भेटिएको थियो ।

चितुवाको आक्रमणबाट विक्रम संवत् २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठ, विक्रम संवत् २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४ जोखानेका ४ वर्षीया रञ्जिता लम्साल, विक्रम संवत् २०७५ मङ्सिर १५ गते भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ, जेठ २४ गते भानु नगरपालिका–२ भकुण्डथोक निवासी ९ वर्षीया पुष्पा अधिकारी, असोज २१ गते भानु नगरपालिका–१ जामुनेगैह्राका ४ वर्षीय आशिष बानियाँ र भानु नगरपालिका–२ फुस्रेटारमा ७ वर्षीय ऋतिक रोकाको मृत्यु भएको छ ।

त्यस्तै २०७६ पुष १४ गते शुक्लागण्डकी(३ रातमाटाका २ वर्षीय रविन नेपाली, २०७६ पुष २० गते आँबुखैरेनी गाउँपालिका–१ रानागाउँका ८ वर्षीय पुजन सिंजाली मगर र २०७६ माघ १४ गते बन्दिपुर गाउँपालिका वडा नं। ४ लोहि पाखाका १० वर्षीय इश्क सुनारको मृत्यु भईसकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 215 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाले पार्टी अध्यक्ष बनाए हुन्छ: सभापति देउवा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एक लाख ३६ हजार २६९काे उम्मेदवारी, वडाध्यक्षमा ३२ हजार ५९