पढाई सुरु भएको महिना पुग्यो, पुस्तक अझै आइपुगेन


धनगढी । सुदूरपश्चिममा शैक्षिक सत्र सुरु भएको एक महिना पूरा भएको छ । तर पाठ्यपुस्तकको अभाव कायमै छ । हरेक वर्षजस्तै यस वर्ष पनि सुदूरपश्चिममा पाठ्यपुस्तकको अभाव देखिएको छ ।

गत ३ जेठदेखि नयाँ शैक्षिकसत्र सुरू भए पनि पाठ्यपुस्तकको अभाव पुरा भएको छैन । शैक्षिकसत्र सुरु भएसँगै विद्यार्थी भर्ना अभियान समाप्त भएर नियमित पठनपाठन पनि सुरु भइसकेको छ । तर पुस्तक उपलब्ध नहुँदा विद्यार्थीलाई समस्या भएको धनगढी नमुना माध्यमिक विद्यालयका प्राचार्य लक्ष्मण भट्टले बताए ।

‘शिक्षकहरूले पाठ्यक्रम डाउनलोड गरेर पढाउने गरेका छन्,’ उनले भने, ‘सामुदायिक विद्यालयले पूराना पुस्तक विद्यार्थीबाट फिर्ता मागेर केही विद्यार्थीलाई दिए । केही कक्षाका पुस्तकहरु परिवर्तन भएका छन् ।’

सरकारी विद्यालयको पाठ्यपुस्तक छपाइ र वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले भने सुदूरपश्चिम प्रदेशका सबै सरकारी विद्यालयमा जेठ मसान्तसम्म पाठ्यपुस्तक पुग्ने दाबी गरेको थियो । तर असार पहिलो साता सुरु हुँदा पनि प्रदेशलाई आवश्यक पर्ने साढे ३ लाख बढी सेट पुस्तक अझै उपलब्ध भएको छैन ।

यस वर्ष २२ लाख बढी पुस्तक वितरण गर्नुपर्ने जिम्मेवारी जनक शिक्षा सामग्रीसँग थियो । तर, तराइका दुई जिल्ला कैलाली कञ्चनपुरसँगै पहाडी जिल्लामा पुस्तक पुगेको छैन । केन्द्रबाट नआएका कारण प्रदेशमा वितरण गर्न नसकिएको बताइएको छ ।

विगतका वर्षहरुमा कतिपय विद्यालयका विद्यार्थीले शैक्षिक सत्र सकिँदा पनि पुस्तक नपाएको गुनासो थियो । यस वर्षपनि सोही अवस्था सिर्जना हुने आशंका गरिएको छ। तर, जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सुदूरपश्चिमका निर्देशक ध्रुवराज पन्तले असारको १५ गतेसम्म पुस्तक वितरण गरिसक्ने बताएका छन् ।

‘माथिबाट आएपछि असार १५ गतेसम्म पुस्तक वितरणको काम सकिन्छ। माथिबाटै आएन भने समय लाग्ने हो’ उनले भने । जनक शिक्षा सामग्रीले स्थानीय तह निर्वाचनका लागि मतपत्र छाप्नु परेकोले पाठ्यपुस्तक छपाइमा केही ढिलाइ भएको भनाइ रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 209 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आक्रामक अभिभावक ओली !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कास्कीमा गठबन्धन टुट्यो