पहिरोले उत्तर दक्षिण सडक खण्ड अवरुद्ध

संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिका र मकालु गाउँपालिका जाने उत्तर दक्षिण सडक खण्डको खाँदबारी –किमाथांका सडक अवरुद्ध भएको छ । लगातारको बर्षासँगै आएको पहिरोले मकालु गाउँपालिका –३ नयाँ बस्तीमा सडक खण्ड अवरुद्ध भएको हो । उत्तर दक्षिण सडक अवरुद्ध हुदाँ मकालु वडा नम्बर ३,४ र भोटखोला गाउँपालिका जाने सडक ठप्प भएको उत्तर दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर दिपेश रजकले जानकारी दिए ।

सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिका र मकालुका केही वडासँग सम्बन्ध टुटेको छ । सडक कार्यालयका प्रमुख इन्जिनियर रजकका अनुसार सडक खण्ड अवरुद्ध भएपछि मकालु गाउँपालिका केही वडा र भोटखोला गाउँपालिकामा यातायात सेवा बन्द भएको छ । पहिरोले दुई दिनदेखि मकालुका केही वडा र भोटखोला गाउँपालिका जाने सडक पूर्ण रुपमा अवरुद्ध भएको सडक कार्यालयका इन्जिनियर रजकले बताए ।

पहिरोले मकालु –५ र ३ जोड्ने अरुण नदीको मोटररेवल पुल समेत जोखिममा परेको छ । पहिरोले पुल आसपासको भुभाग कटान गरेपछि अरुण नदीको पुल जोखिमा परेको उनले बताए । लगातारको बर्षाले उत्तर दक्षिण सडक खण्डका विभिन्न ठाउँमा पहिरो खसेको सडक कार्यालयका प्रमुख रजकले बताए । केही यता त्यस क्षेत्रमा लगातार बर्षा भइरहेको छ । बर्षा नरोकिएसम्म पहिरो हटाउन सकिने अवस्था नभएको सडक कार्यालयका प्रमुख रजकको भनाइ छ । अहिले सदरमुकाम खाँदबारी बाट भोटखोला जाने यातायात मकालु गाउँपालिकाको फ्याक्सिन्दा सम्म मात्रै चलेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 464 times, 1 visits today)

epaper

ताजा समाचार

आईजीपी कार्की हटाइए, नयाँ आईजीपीमा डा. मनोज केसी नियुक्त