प्रभासले मागे १२० करोड भारु

मुम्बई । प्रभास दक्षिण भारतीय फिल्मको मात्र नभई बलिउडका लागि पनि चिनिएका अभिनेता हुन् । उनले फिल्म ‘बाहुबली’मार्फत भारतसँगै विश्वभर लोकप्रियता कमाए । उनको फिल्म हेर्न जोकोही लालयित हुन्छन् । हालका दिनमा उनी नयाँ फिल्म ‘आदिपुरुष’का कारण चर्चामा छन् ।

प्रभासले फिल्म ‘आदिपुरुष’का लागि आफ्नो पारिश्रमिक बढाएका छन् । उनले निर्मातासँग १ सय २० करोड भारु पारिश्रमिक मागेका छन् । जबकी यसअघि उनले ९० देखि १०० करोड भारु पारिश्रमिक बुझ्दथे ।

प्रभासको मागले निर्माताहरु सशंकित छन् । किनकी फिल्मका लागि अझै पनि केही दृश्य खिच्न बाँकी नै छ । प्रभासको मागले फिल्मको बजेट थप २५ प्रतिशत बढ्ने निर्माताहरुले उल्लेख गरेका छन् ।

प्रभास अभिनित सन् २०१९ को फिल्म ‘साहो’ र यसै वर्ष रिलिज फिल्म ‘राधे श्याम’ बक्सअफिसमा असफल साबित भइसकेको छ । दुई फिल्म फ्लप हुँदा पनि प्रभासले पारिश्रमिक किन बढाए भन्ने कुरामा निर्माता चकित परेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 371 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनको निर्णय : एकीकृत समाजवादी माओवादीकाे बराबर हैषियत !