उदयपुरमा लागुऔषधसहित ४ जना पक्राउ

सांकेतिक तस्वीर

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले नियमित चेकजाँचको क्रममा ४ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । प्रहरीले त्रियुगा नगरपालिका– १३ बाट त्रियुगा नगरपालिका– १२ पुरानो गाईघाटका २० वर्षीय बिकास कटुवाल, त्रियुगा नगरपालिका– ११ गाईघाटका २५ वर्षीय सुबास धमलालाई पक्राउ गरेको छ ।

त्यसैगरी रौतामाई गाउँपालिका– ७ स्थित खानीटारबाट त्रियुगा नगरपालिका– ११ का २० वर्षीय सन्तोष बुढाथोकी, १८ वर्षीय सचिन बुढाथोकीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक ( एसपी ) बीरबहादुर बुढा मगरले जानकारी दिए । प्रहरीले कटुवाल र धमलाको साथबाट स्टागन ४ एम्पुल, मरफियम ४ एम्पुल, हिस्टानिल ४ एम्पुल, लोरी ४ एम्पुल, बरामद गरेको थियो । त्यसैगरी बुढाथोकीद्धयको साथबाट ५ सय ग्राम गाँजा बरामद गरिएको थियो ।

उनीहरु रौतामाई गाउँपालिकाको केन्द्र भुट्टारबाट गाईघाट तर्फ आउँदै गरेको ना ५ ख १०५१ नम्बरको यात्रुबाहक बसलाई नियमित चेकजाँचको क्रममा फेला परेको हो । उनीहरु सबैलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखि थप अनुसन्धान प्रारम्भ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुृरका एसपी बुढा मगरले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 164 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बालेन शाहले पाए स्थापितले भन्दा १२ सय बढी मत