नेपाली समाज राजनीतिक तथा प्रविधि रूपान्तरणको प्रक्रिया निकै अगाडि पुगे पनि शिक्षा र स्वास्थ्यको मामलामा अझै पनि पछि परेको देखिनु निकै विडम्बनाको कुरा हो । शिक्षामा भने जति उन्नति हुन नसक्नु र स्वास्थ्य समस्याका स्रोत, कारण र तिनको निराकरण आदि ’bout पुरानै सोच तथा प्रभाव कायम रहिरहेकाले आजका दिनमा पनि क्षयरोगी खुलेर आफ्ना रोग तथा समस्या’bout अरूलाई बताउन सकिरहेका छैनन् । रोग बताउँदा पहिचान खुल्ने र समाजमा अपहेलित हुने डरले क्षयरोगी उपचार गर्न आउन हिच्किचाइरहेको देखिन्छ । यसले पनि क्षयरोग संक्रमणको दरमा निकै वृद्धि हुन गइरहेको छ ।
क्षयरोगलाई विगतका दिनमा निकै संक्रामक, हानिकारक तथा निको हुन नसक्ने रोगका रूपमा लिने गरिएकाले पनि नेपाली समाज यो रोग’bout अझै ‘बन्दमुख’को अवस्थामा छ । यो रोग आफंैमा कमजोर तथा जीर्ण शरीरभित्रबाट उत्पन्न हुने र रोग प्रतिरोधात्मक क्षमता कम भएका अन्य मानिसमा पनि सजिलै सर्ने भएकाले पनि यस रोगबाट ग्रस्त रोगीले आफूलाई समयमै स्वास्थ्य परीक्षण गरी पहिचान दिन अकमकाउने गरिरहेका छन् ।
यसको मूलकारण शरीरको तीव्र क्षयीकरण गराउने क्षयरोग जस्तो डरलाग्दो रोग भन्दा पनि समाजले ती रोगीमाथि गर्ने व्यवहार बढी जिम्मेवार रहेको छ । खानपानमा अनियमितता, चुरोट, खैनी, मदिरालगायतका मादक पदार्थको सेवन र कुलत तथा अति परिश्रमका कारण युवावस्थामा पनि यो रोग लाग्ने र बिरामीलाई ग्रस्त बनाउने गर्दछ । कतिपयले चुरोट, खैनी, सुर्तीजन्य पदार्थ तथा मदिरा सेवन गर्नेलाई मात्र यस्तो रोग लाग्ने भन्ने भ्रम वा अल्पज्ञान हुने कारणले पनि मद्यपान र धुम्रपान नगर्ने क्षयरोगका बिरामीले आफूलाई यस्तो रोग किन लाग्यो भनी आश्चर्य व्यक्त गर्ने गरिरहेका हुन्छन् । अथवा, रोग हुँदा हुँदै पनि म क्षय रोगी हुँ भनी कमै विश्वास गर्दछन् । अहिले नियन्त्रणमा आइसकेकाले सामान्य मानिने र नछुटाएर औषधिको मात्रा पूरा गरेमा समयमै निको हुने यो रोगको बिरामी संख्या बढ्दै गएको देखिन्छ । पछिल्लो समयमा वातावरण प्रदूषणका कारण क्षयरोगमा वृद्धि हुन गएको कुरा आम रूपमा स्वीकार गरिन थालिएको पनि छ । निरन्तर खोकी लाग्ने, खकार आउने छाती दुख्ने, मसिनो ज्वरो आउने गरेमा क्षयरोग संक्रमणको सुरुका लक्षणहरू हुन् ।
यो रोगको लक्षण आममानिसले सजिलै थाहा पाउने गरे पनि यस्तो रोग लागेका मानिसलाई समाजमा स्वीकार गर्न हिच्किचाउने प्रवृत्तिले क्षयरोगका बिरामीमा सकस पैदा हुने गरेको देखिन्छ । औषधी सेवनपछि सहज जीवन जीउन सकिने भए पनि परिवारजन, साथीभाइ तथा छरछिमेक र आफन्तले यो सरुवा रोग भएकाले रोग सर्छ कि भनी बिरामीको नजिक नजाने र असल व्यवहार गर्ने गरिरहेका हुन्छन् । यसले समाजमा सामूहिक जीवन व्यतित गर्दै आएको मानिसलाई सिंगो समाजको सहारा आवश्यक हुने समयमा टाढा हुँदै गएको महसुस गराउँछ । त्यसैले यस्तो सामाजिक तथा मनोवैज्ञानिक समस्या समाधानका लागि समाजमा थप जनचेतनामूलक कार्यक्रम निर्माण र विस्तारको आवश्यकता अहिले पनि उत्तिकै परिरहेको छ । क्षयरोग पहिचान हुनासाथ यसको उपचार निःशुल्क हुन्छ । केवल यसको औषधि सेवनमा विशेष सावधानी अपनाउनुुपर्छ । तर, रोग लाग्यो भनेर रोग लुकाएर अनि डराएर बस्ने अवस्था छैन । त्यसैले रोग विरोधी तर रोगीमैत्री समाज र जनचेतना निर्माण आजको आवश्यकता बन्न गएको छ ।






