बाबुरामको बैठकमा महेन्द्र राय, उपेन्द्रको बैठकमा अशोक राई

काठमाडौं । विभाजनको संघारमा पुगेको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) को काठमाडौं र बिरगञ्जमा जारी बैठकमार्फत नेताहरूले आ-आफनो कित्ताकाट गरेका छन् ।

संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले काठमाडौंमा बोलाएको केन्द्रीय समिति बैठक र अध्यक्ष उपेन्द्र यादवले बिरगञ्जमा बोलाएको केन्द्रीय कार्यकारिणी समितिको बैठकमार्फत आ-आफनो कित्ताकाट गरेका हुन् ।

भट्टराईले बोलाएको बैठकमा हिसिला यमी, महेन्द्र राय यादव र रामनरेश यादव उपस्थित छन् भने यादवले बोलाएको बैठकमा अशोक राई, राजेन्द्र श्रेष्ठ, लालबाबु राय यादव, मृगेन्द्रकुमार सिंहलगायत बहुमत केन्द्रीय कार्यसमितिका सदस्य उपस्थीत छन् । दुबैको बैठक जारी छ ।

तपाइको प्रतिक्रिया
(Visited 407 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग