झालाई विद्यापति पुरस्कार प्रदान

जनकपुरधाम । विद्यापति पुरस्कार आज एक समारोहका बीच वितरण गरिएको छ । नेपाल सरकार संस्कृति मन्त्रालालयले स्थापना गरेको सो पुरस्कार मैथिली भाषाका लागि सबैभन्दा बढी राशीको पुरस्कार रहेको छ ।

दूई लाख रुपैयाको नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार मैथिली साहित्यकार एवं रंगकर्मी रमेशरञ्जन झालाई दिइएको छ । यसैगरी नेपाल विद्यापति मैथिली अनुसन्धान पुरस्कार डा. सूर्यनारायण यादव र नेपाल विद्यापति मैथिली पाण्डुलिपि पुरस्कार लहान नगरपालिकाका अर्जूनप्रसाद गुप्तालाई दिइएको छ । अनुसन्धान र पाण्डुलिपी पुरस्कार एक–एक लाख रुपैयाँको रहेको छ ।

यसैगरी नेपाल विद्यापति मैथिली कलासंस्कृति पुरस्कार निर्मला झा र अशोककुमार दत्तलाई दिइएको छ । कलासंस्कृति पुरस्कार ५०/५० हजारको रहेको जानकारी विद्यापति पुरस्कार कोषका सदस्य सचिव रुद्रकुमार झाले दिएका छन् । निर्मला झालाई मिथिला चित्रकला र दत्तलाई गीतसंगीतका लागि दिइएको छ । अनुवाद पुरस्कारका लागि यसपाली कुनै पुस्तक नपरेकाले घोषणा गरिएको छैन ।

संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री जीवनराम श्रेष्ठले पुरस्कार वितरण गर्दै मैथिली साहित्य, कला संस्कृतिको विकासका लागि नेपाल सरकार गम्भीर रहेको बताए । स्रष्टाको सम्मान राज्य पनि सम्मानित भएको चर्चा गर्दै उनले यस्ता कार्यक्रम निरन्तर चलिरहने उल्लेख गरे ।

मधेश सरकारका उद्योग वन तथा पर्यटन मन्त्री शत्रुधन महतोले प्रदेश सरकार मैथिली र भोजपुरीको विकासका लागि यसपालीको बजेट छुटयाएको चर्चा गरे ।

प्रत्येक वर्ष विद्यापतिको स्मृति दिवसका दिन कातिक महिनामा पुरस्कारको घोषणा गरिदै आएको थियो तर यसपाली ८ महिना ढिलो यरी घोषणा गरिएको छ । पुरस्कारका लागि संस्कृति मन्त्रालयले अवकाशप्राप्त प्राध्यापक रामचन्द्र यादवको अध्यक्ष र रुद्रकुमार झा सदस्य सचिव रहने गरी पुरस्कार कोष गठन गरेको छ । २०६८ सालदेखि प्रत्येक वर्ष विद्यापतिको नाउँमा पुरस्कार दिदै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 97 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार