कांग्रेस बैठकमा नयाँ प्रस्ताव उम्मेदवार छान्न ‘प्राइमरी इलेक्सन’


काठमाडौं । नेपाली कांग्रेसभित्र आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि पार्टी उम्मेदवार छान्न आन्तरिक निर्वाचन अर्थात् ‘प्राइमरी इलेक्सन’ प्रस्ताव आएको छ ।

ललितपुर सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ‘आगामी निर्वाचनका लागि उम्मेदवार चयन गर्न केही क्षेत्रमा क्रियाशील सदस्यमाझ निर्वाचन गर्न सकिने’ प्रस्ताव राखेका हुन् ।

‘१ सय ६५ संघीय निर्वाचनमध्ये १५ र ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमध्ये ३० क्षेत्र जतिमा उम्मेदवार चयन गर्न क्रियाशील सदस्यमाझ प्राइमरी इलेक्सन गर्ने कि ? त्यस’bout छलफल प्रारम्भ गरौं,’ शनिबारको बैठकमा महामन्त्री शर्माले प्रस्ताव गर्दै भने । उनले सो प्रक्रियामार्फत ‘चयन गर्दा उम्मेदवार छनोट लोकतान्त्रिक अभ्यासमा कांग्रेस एक कदम अघि हुने’समेत दाबी गरे ।

‘यसरी उम्मेदवार चयन गर्दा लोकतान्त्रिक अभ्यास उच्चतम प्रयोग नेतृत्वमा कांग्रेस अरूभन्दा एक कदम अघि हुनेछ र कांग्रेसप्रतिको आकर्षण पछिल्लो पुस्तामा भीषण ढंगले बढाउनेछ,’ शर्माले बैठकमा भने ।

कांग्रेसभित्र आगामी निर्वाचनमा ‘सत्तारूढ गठबन्धन आबद्ध दलबीच चुनावी तालमेल गर्ने कि नगर्ने ?’ भन्ने’bout बहस भइरहेकै बेला महामन्त्री शर्माको नयाँ प्रस्ताव ल्याएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्षनेता आगामी निर्वाचनमा गठबन्धन आबद्ध दलबीच चुनावी तालमेलका पक्षमा र केही दोस्रो तहका नेता गठबन्धन गर्दा आफ्नाे सिट गुम्ने भयमा छन् । कांग्रेसभित्र गठबन्धन विषयमा बहस जारी रहँदा महामन्त्री शर्माले ‘नयाँ अभ्यास प्रस्ताव’ अघि बढाएका छन् ।

आन्तरिक निर्वाचनमा विजयी उम्मेदवारलाई प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार बनाउँदा पार्टीभित्रबाट कायम हुने उम्मेदवार बलियो हुने र परिणाम पनि सकारात्मक आउने महामन्त्री शर्माको विश्वास छ ।

सरकारको कामप्रति महामन्त्रीकै गुनासो

कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा असन्तुष्ट देखिएका छन् । उनीहरूले पार्टी केन्द्रीय कार्यसमिति बैठकमा सरकारको शैलीप्रति आपत्ति जनाएका हुन् ।

शनिबारको बैठकमा महामन्त्री थापाले आप्mनै पार्टी नेतृत्वमा रहेको सरकारको ‘बचाउ गर्न सकिने’ अवस्था नरहेको बताएका हुन् ।
विगतमा केपी शर्मा ओली नेतृत्वको सरकारको तीव्र आलोचना गरेका आपूmहरूलाई ‘अहिले आप्mनै सरकारको बचाउ गर्न गाह्रो भएको’ भन्दै ‘सरकारको काम गराइको शैली’प्रति असन्तुष्टि व्यक्त गरे ।

‘हिजो सरकार कसरी चलाउने हामीले भन्यौं, ओली सरकारको सडकदेखि संसद्सम्म तीव्र आलोचना ग¥यौं, आज हामीले हाम्रै सरकारको प्रतिरक्षा गर्ने अवस्था छ ? हिजोको प्रश्नले हामीलाई लखेटिरहन्छ,’ थापाले बैठकमा प्रधानमन्त्री देउवासामु प्रश्नसहित चेतावनी शैलीमा भने, ‘सरकारको यही कार्यशैली जारी रहे आगामी चुनावमा कठिनाइ आउनेछ । सरकार चलाएको एक वर्ष भयो, फेरि पनि यसरी नै अघि बढे आउने निर्वाचनमा हामीले मत पाउछौं ?’

बैठकमा अर्का महामन्त्री शर्माले ‘विगतमा ओली नेतृत्वको सरकारले गरेको गलत काम अहिलेको सरकारले सच्याउनतिर नलागेर उल्टै दोहो-याएको’प्रति असन्तुष्टि पोखे । ‘केपी ओलीले प्रधानमन्त्री कार्यालयमा शक्तिकेन्द्रित गर्नुभयो,’ उनले भने, ‘एक वर्ष पुग्दा पनि त्यसमा करेक्सन गरिएको छैन ।’

शर्माले सुशासन सवालमा पनि सरकार ‘खरो उत्रिन नसकेको र संघ तथा प्रदेशसँग पनि संघीय सरकारले पर्याप्त समन्वय गर्न नसकेको’ भन्दै ‘सरकार सञ्चालन गर्ने प्रधानमन्त्रीको शैली’प्रति आपत्ति जनाएका हुन् ।

महामन्त्री शर्माले कोरोना भाइरसविरुद्धको खोप, एमसीसी अनुमोदन र स्थानीय चुनाव सम्पन्न गर्नमा भने ‘सरकारले सफलता प्राप्त गरेको’ भन्दै प्रशंसा गरे । ‘सरकारको अबको काम मुलुकको अर्थतन्त्र विषयमा सरकारले तत्काल श्वेतपत्र जारी गर्नुपर्ने’ औंल्याए ।

तपाइको प्रतिक्रिया
(Visited 142 times, 1 visits today)

Ads Space Available

अन्य समाचार पनि पढ्नुहोस्

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी