फेरि बढ्दै कोरोना संक्रमण

काठमाडौं । असार लागेयता १२ गुणाले बढेसँगै स्वास्थ्य सेवा विभागले अस्पतालहरूलाई तयारी अवस्थामा बस्न निर्देशन दिएको छ । कोरोना संक्रमण वृद्धिसँगै मृत्यु हुने संख्या पनि थपिएको छ । पछिल्लो दुई दिनमा कोरोना संक्रमणबाट दुई जनाको ज्यान गएको छ । संक्रमणमध्ये आधाभन्दा बढी संक्रमित काठमाडौंमा देखिएको छ । यसबाहेक भारतीय सीमानाकाबाट आउनेमा कोरोना संक्रमण देखिएको छ ।

सोमबार एकै दिन ४ सय ५७ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको २ हजार ३ सय ४१ पीसीआर र २ हजार ३ सय १० जनाको एन्टिजेन परीक्षणक्रममा ४ सय ५७ जनामा संक्रमण पुष्टि भएको हो ।

एकै दिन ४ सय ५७ संक्रमित

त्यस्तै, एकै दिन ४८ संक्रमित निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ९ लाख ६८ हजार ६४ पुगेको छ । सो अवधिमा एक संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५४ पुगेको छ । देशभर हाल १ हजार ७ सय ७६ सक्रिय संक्रमित छन् ।

१ हजार ७ सय १ होमआइसोलेसनमा रहँदा ७५ संक्रमितलाई संस्थागत आइसोलेसनमा राखिएको छ । १५ जनाको आईसीयूमा उपचार भइरहेको छ । आईसीयूमा रहेका १५ मध्ये १ जनालाई भेन्टिलेटरमा राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी, कोभिड संक्रमण दर (पोजिटिभिटी रेट) सोमबार १७ प्रतिशत नाघेको छ । संक्रमण दर तीव्र वृद्धि हुन थालेपछि महामारी जोखिम पनि बढेको छ । गत १ असारयता निरन्तर कोरोना संक्रमण दर बढ्नेक्रममा छ ।

गत १ असारमा कोरोना संक्रमणदर ०.६४ प्रतिशत रहेकामा २ साउनसम्म आइपुग्दा संक्रमण दर बढेर १७ प्रतिशत पुगेको छ । १ असारमा ८७ सक्रिय संक्रमित रहेकामा २ साउनमा एकै दिन ४ सय ५७ मा संक्रमण देखाप¥यो । संक्रमण बढ्नेक्रम अझै जारी रहने विज्ञको भनाइ छ । कोभिड संक्रमण दर पछिल्लो समय बढेको र योक्रम अझै केही समय रहने स्वास्थ्य सेवा विभाग इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

सरकारी अधिकारीका अनुसार भारतमा बढी संक्रामक मानिएको ओमिक्रोन सबभेरिएन्ट ‘बीए.५’ नेपालमा देखिएसँगै संक्रमण दरमा तीव्र वृद्धि देखिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार हाल नेपालमा ‘बीए.२’ भेरिएन्ट विशेष गरी फैलिरहेको छ । नेपालमा वटामा ‘बीए.५’, ‘बीए.२’ र ‘बीए.१’ सब भेरिएन्ट देखिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 394 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तीन दलसँग चुनावी तालमेल गर्न एमालेको निर्देशन