शुक्रबार मौद्रिक नीति ल्याउने तयारीमा केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति आज शुक्रबार ल्याउने अन्तिम तयारी गरेको छ । बिहीबार प्रधानमन्त्रीलाई मौद्रिक नीतिका सम्बन्धमा ब्रिफिङ गरिसकेको र शुक्रबार बिहान बस्ने बोर्ड बैठकले मौद्रिक नीति ल्याउने कि रोक्ने भन्ने निर्णय गर्ने राष्ट्र बैंकका प्रवक्ता गुणाकार भट्टले बताए ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बिहीबार मौद्रिक नीतिको ब्रिफिङ गरेका थिए ।
बिहीबार साँझ प्रधानमन्त्रीसमक्ष मौद्रिक नीतिको ब्रिफ गरेका कारण अब नीति ल्याउन शुक्रबार बिहान सञ्चालक समितिको बैठक बोलाएको राष्ट्र बैंकले जनाएको छ ।

बुधबार र बिहीबार बिहान मौद्रिक नीति’bout गभर्नरले बिफ्र गर्ने तयारी गरिए पनि प्रधानमन्त्रीको समय अभावका कारण बिहीबार साँझ मात्र ब्रिफिङ गरिएको थियो ।

जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएपछि प्रधानमन्त्री देउवाले नै अहिले अर्थ मन्त्रालयको जिम्मा लिएका कारण सिधै प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको हो ।

आर्थिक अनुसन्धान विभागले अन्य विभागसँग छलफल गरी तयार पारेको मस्यौदाउपर छलफल सकेर ड्राफ्ट तयार पार्ने र सो ड्राफ्ट राष्ट्र बैकको बोर्ड बैठकमा छलफल हुने बताइएको छ ।

बोर्ड बैठकले स्वीकृत गरेपछि गभर्नरले आगामी वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने व्यवस्था छ । तर, बोर्ड बैंठकमा सहमति नजुटे पुनः अर्को पटक बैठक बस्दै जान्छन् । राष्ट्र बैकका अनुसार बोर्ड बैठकमा एक पटकमा सहमति नभए दोस्रो, तेस्रो बैठक बस्दै जान्छ, विगतमा तीनचार पटकसम्म पनि बोर्ड बैठक बस्ने परम्परा रहेको छ । स्वीकृत नभएसम्म छलफल भइरहन्छ । बोर्ड बैठकले बिहान स्वीकृत गरेमा शुक्रबार बेलुका मौद्रिक नीति सार्वजनिक गर्ने योजनामा राष्ट्र बैंक रहेको छ ।

राष्ट्र बैंक सञ्चालक समिति ‘बोर्ड’ सात सदस्यीय हुने गर्छ । राष्ट्र बैंक बोर्ड सदस्यमा गभर्नर महाप्रसाद अधिकारी, अर्थ मन्त्रालयका अर्थसचिव मधुकुमार मरासिनी, डिपुटी गभर्नरद्वय निलम ढुंगाना र रामबहादुर मिश्र, डा. सुबोधकुमार कर्ण, चिन्तामणि शिवाकोटी र शंकरप्रसाद आचार्य रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 410 times, 1 visits today)

epaper

ताजा समाचार

सुरक्षा तथा जोखिम व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न