तनहुँ । जिल्लाको व्यास नगरपालिका–१२ घाँसीकुवामा बुधबार बिहान बस र ट्रक ठोक्किँदा दुर्घटना भएको छ ।
उक्त दुर्घटना परी १४ जना यात्रु घाइते भएका छन् ।
लम्जुङ्ग जिल्लाको भोर्लेटारबाट नारायणघाटतर्फ जाँदै गरेको ना ५ ख १७६७ नम्बरको बस र विपरीत दिशा डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख ३९०६ नम्बरको ट्रक घाँसीकुवास्थित घुम्तीमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बस चालकसहित बसमा सवार ११ जना र ट्रकमा सवार ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले बताए ।
घाइतेहरुको जिल्ला अस्पताल दमौलीमा उपचार भइरहेको प्रहरी प्रमुख सिलवालले जनकारी दिए।
तपाइको प्रतिक्रिया
(Visited 265 times, 1 visits today)






