गठबन्धन सरकार विदेशीको कठपुतली जस्तो भयो : पौडेल

सिन्धुली । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन सरकार विदेशी शक्ति केन्द्रहरुको कठपुतली जस्तो भएको बताएका छन् । उनले नागरिकता ऐन, एसपीपी सम्झौतामा गठबन्धन सरकारले देशको हित विपरित काम गरेको बताए ।

एमाले निकट प्रेस चौतारी नेपालले शुक्रबार सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पौडेलले यस्तो बताएका हुन । आगामी निर्वाचनलाई लक्षित गर्दै जिल्लाका अगुवा नेता कार्यकर्तालाई प्रशिक्षण दिनका लागि सिन्धुली आएका पौडेलले भने, ‘नागरिकताको प्रश्नको कुरा होस वा एसपीपीको सन्दर्भमा पर्दाभित्रबाट राष्ट्रहित प्रतिकुल हुने गरि काम भएको छ । राष्ट्रको हितलाई केन्द्रमा राखेर हैन विदेशी शक्तिको कठपुतलीको रुपमा गठबन्धन सरकारले काम गर्दै गएको छ ।’

नागरिकताका सन्दर्भमा एमालेको धारणा प्रस्ट गर्दै पौडेलले बैवाहिक अंगिकृत नागरिकताको सम्बन्धमा गरिएको प्रवन्ध अनुचित र राष्ट्रहित विपरित भएको बताए ।

गठबन्धन सरकारले देश र जनतालाई छोटो अवधिमै समस्यै समस्याको चाङमा लगेको बताउँदै पौडेलले ‘सुशासन, समृद्धि, विकास र समाजवादतर्फ लानका लागि’ नेकपा एमालेको नेतृत्वको सरकार बन्नुको विकल्प नभएको बताए ।

‘हामीले देखिरहेका छौं छोटो समयको अवधिमा गठबन्धन सरकारले समस्याहरुको चाङ लगाएको छ । यसले नेकपा एमालेको नेतृत्वको सरकारको विकल्प नरहेको देखाएको छ,’ उनले भने ।

नेकपा एमालेको विकल्पमा देश अगाडि नबढ्ने भएकाले आम जनतामा पार्टीका नीति विचारहरु लाने, पार्टीको जनाधारलाई सशक्त र फराकिलो बनाउने, निर्वाचनका माध्यमबाट नेकपा एमालेको बहुमतको सरकार बनाउने संकल्पका साथ एमाले अगाडि बढेको उनले बताए ।

निर्वाचन सार्ने षडयन्त्र नगर्न चेतावनी

पत्रकार भेटघाटमा बोल्दै उनले मंसिरको पहिलो सातामा सम्पन्न हुने गरि प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन गर्न गठबन्धन सरकारलाई आग्रह गरे । उनले गठबन्धन सरकार समयमा निर्वाचन हुन नदिन विभिन्न प्रकारका षडयन्त्र र दाउपेच गरिरहेको बताउँदै निर्वाचन यथाशिघ्र घोषणा गर्न माग गरेका हुन ।

उनले भने, ‘हामीले सुनिरहेका छौं यो निर्वाचन सार्ने कोशिस भईरहेको छ । निर्वाचन सार्ने षडयन्त्र नगर्न चेतावनी दिन्छौं ।’
पौडेलले एमालेको शक्ति र प्रभाव विरुद्ध गठबन्धनले बनाएको नीतिले नेकपा एमालेसँग एक्लै प्रतिस्पर्धा गर्ने आँट कुनै पनि पार्टीसँग नभएको दावी गरेका छन । ‘एमालेसँग एक्लै प्रतिस्पर्धा गर्ने आँट नभएकाले अरु दलहरु आपसमा गठबन्धन गरिरहेका छन । एक्लै लड्न मन लाग्छ एक्लै लडुन, मिलेर लड्न मन लाग्छ मिलेर लडुन तर नेकपा एमालेको विजयीलाई रोक्न सक्दैनन । कुनै पनि अवरोधले एमालेको विजयी यात्रा रोकिन्न ।’ उनले थपे ।

सरकारले बजेट निर्माणका क्रममा तमासा देखाएको उनले बताए । एमाले यो प्रकरणको छानविन प्रक्रियालाई सार्थक निष्कर्षमा पु-याउनुपर्ने, गल्ती कमजोरीहरु सार्वजनिक रुपमा बाहिर आउनुपर्ने र दोषीहरु दण्डित हुनुपर्नेमा दृढ र अविचलित रहेको पनि उनले बताए ।
आगामी निर्वाचनबाट एमालेले बहुमतको सरकार बनाउने पनि उनले दावी गरे । ‘हामी बहुमतका साथ सरकार बनाउनेछौं, यदि सकिएन भने पनि ठूलो पार्टी हुनबाट कसैले रोक्ने छैन,’ उनले भने ।

पूर्व अर्थमन्त्री समेत रहेका पौडेलले गठबन्धन सरकारले बजेट माथिको विश्वसनीयता समेत सकेको बताए । उनले सरकारले निर्माण गरेको बजेट राष्ट्रका निमित्त ठूलो कुरा हुने बताउँ बजेटमाथि नै मजाक गरेको बताए ।

गठबन्धन सरकार देश र जनताको समस्या समाधान गर्न हैन, देश र जनतालाई समस्या थुपार्नका लागि बनेको हो भन्ने पुष्टि गरेको पनि अर्थ सूचकहरुले देखाएको बताए । ‘शुुसासन, विकास निर्माण, आर्थिक निर्माण लगाएतका कुनै पनि परिसूचकलाई हेर्नुहोस समस्यै समस्या छन । मुलुक कसरी अगाडि बढ्छ ?’ उनको प्रश्न थियो ।

केपी ओली नेतृत्वको एमालेको सरकार हस्तान्तरण गर्दा अर्थतन्त्रका समग्र परिसूचकहरु सकारात्मक रहेको उनको भनाई थियो । ‘वैंक व्यालेन्स, विदेशी मुद्राको सञ्चिती, महंगी नियन्त्रण, पूँजीगत खर्च लगाएतका सूचकहरु सकारात्मक थिए, सबल अर्थतन्त्र सहित सरकार हस्तान्तरण गरेको थियो ।’

उनले अहिले मुलुकको अर्थतन्त्र अत्यन्त जोखिमपूर्ण अवस्थामा रहेको बताए । ‘विज्ञहरुले नेपाल श्रीलंकाको दिशातर्फ अगाडि बढीरहेको छ भनेका छन । कुनै पनि बेला नेपालमा औषधि लगायतका जीवनका लागि अत्यावश्यक पर्न सक्ने वस्तु खरिद गर्न नसक्ने अवस्थामा पुग्न सक्छ’ उनले चिन्ता व्यक्त गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 218 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जनकपुरमा मेयरको निर्णय : फोहोर व्यवस्थान आजैदेखी