तारकेश्वर घटना : पहिले हत्या, त्यसपछि आत्महत्या

काठमाडौं । राजधानीको तारकेश्वर नगरपालिका–२ पदमसालमा एकै परिवारका चार जनाको वीभत्सपूर्ण हत्या भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ४१ वर्षीय दिनेश पाण्डेले ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीय आशिका पाण्डे र ८ वर्षीय आशिक पाण्डेको हत्यापछि आफूलेसमेत घाँटीमा पासो लगाएर आत्महत्या गरेका छन् । दिनेश र सुनिता दम्पती तथा अशिका–आशिक उनीहरूका छोराछोरी हुन् ।

अनुसन्धान गर्दै प्रहरी

प्रहरी अधिकारीका अनुसार पहिले परिवारका अन्य सदस्यको हत्या गरेर दिनेशले पछि आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । हत्याको कारण ‘पारिवारिक कलह हुन सक्ने’ अनुमान प्रहरीको छ । सुनिताको शरीरका विभिन्न स्थानमा चक्कु प्रहार भएको देखिएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी जनक भट्टराईका अनुसार घटना अनुसन्धानका लागि त्रिवि शिक्षण अस्पतालबाट फरेन्सिक विशेषज्ञ टोली खटिएको छ ।

अनुसन्धानमा खटिएको प्रहरीले घटनास्थलबाट चार पृष्ठको ‘सुसाइड नोट’ फेला पारेको छ । घटनापछि दिनेशले ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेको प्रहरीको आशंका छ । तर, सो पत्रमा ‘के लेखिएको छ ?’ भन्ने’bout प्रहरीले केही खुलाएको छैन ।

उनीहरू गोरखा भीमसेन थापा गाउँपालिका–६ अश्राङ घर भई दुई वर्षदेखि तारकेश्वर बस्दै आएको तारकेश्वर नगरपालिका प्रमुख कृष्णहरि महर्जनले जानकारी दिए । महर्जनले घटना वीभत्सपूर्ण रहेको बताए ।

‘घटना एकदमै वीभत्सपूर्ण छ, सुनिता र छोराछोरीको शव एउटा कोठामा र दिनेशको अर्को कोठामा रहेको देखियो, दिनेशले परिवारका सदस्यको हत्या गरेर त्यसपछि आत्महत्या गरेको प्रहरीको आशंका छ,’ तारकेश्वर नगरपालिका प्रमुख महर्जनले राजधानीसँग भने ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले प्रहरीले घटनासँग जोडिएका थप विषयमा पनि अनुसन्धान गरिरहेको जानकारी दिए । ‘घटनासँग जोडिएका विषय हेर्दै छौं, स्थानीयसँग पनि प्रहरीले आवश्यक सोधपुछ गरिरहेको छ,’ राठौरले भने ।

बेलायत उड्ने सपना अधुरै
तारेकश्वर हत्या घटनामा प्रहरीले अनुसन्धान विभिन्न पाटोबाट अघि बढाएको छ । मृतकका विगतका क्रियाकलाप, घरायसी झगडा र प्रहरीमा परेका उजुरीलाई आधार बनाएर घटना अनुसन्धान भइरहेको छ ।

प्रहरीको विगतको रेकर्डअनुसार मृतक दिनेश र सुनिताबीच पटकपटक झगडा हुँदै आएको थियो । उनीहरू झगडाका गुनासो लिएर तीनपटकसम्म बालाजु वृत्तमा पुगेको पाइएको छ । यसबीच दिनेशले तारकेश्वरको घर बेच्ने बताएपछि उनीहरूबीच झनै विवाद बढेको स्थानीयले प्रहरीलाई जानकारी दिएका छन् ।

विवाद क्रममै सुनिताको माइती पक्षले उनलाई बेलायत पठाउने तयारी गरेका थिए भने भिसासमेत आइसकेको थियो । तर, यो घटनासँगै सुनितालाई बेलायत पठाउने उनको माइती पक्षको चाहना र स्वयं सुनिताको सपना अधुरै रहन पुग्यो ।

तपाइको प्रतिक्रिया
(Visited 460 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिमको सत्ताले नाउपामा रडाको, रन्जिता पक्षका दुई सांसद पनि दुई तिर !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जुम्लामा चार पालिकामा काँग्रेस,दुईमा माओवादी र एकमा स्वतन्त्र विजयी